सुनकोसी न्युज
जेठ १८ गते बिहीबार २०८०
सिन्धुली, घ्याङ्लेक। सिन्धुलीको घ्याङ्लेक गाउँ पालिकाले सामुदायिक विद्यालयमा अध्यापन गर्ने शिक्षकलगायत सबै सरकारी कर्मचारी, जनप्रतिनिधि र सार्वजनिक पद धारण गरेका व्यक्तिका छाेराछाेरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमै पढाउनु पर्ने निर्णय गरेको छ।
गाउँ कार्यपालिकाकाे बिहीबार बसेकाे बैठकले यस्तो निर्णय गरेको गाउँपालिका उपाध्यक्ष शंकरमान घलानले जानकारी दिए । बैडककाे निर्णय नं १०(ञ) मा उक्त कुरा लेखिएको पालिकाले जारी गरेको सूचनामा जनाइएको छ।
शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छाेराछाेरी सामुदायिक विद्यालयमै पढाउनु पर्ने

Add Comment