समाचार हेडलाईन न्युज

माओवादी केन्द्र सिन्धुलीको संयाेजकमा रामकुमार पाैडेल

सुनकाेशी न्युज, २०७८ भाद्र १८, नेकपा माओवादी केन्द्र बागमती प्रदेशको बैठकले सिन्धुली जिल्ला समन्वय समितिको संयाेजकमा पुराना इमानदार नेता रामकुमार पाैडेललाई चुनेको छ।  आज काठमाडौंमा बसेकाे प्रदेश कमिटीको बैठकले उहाँलाई संयाेजक चुनेको हाे। केन्द्रीय सदस्य तथा यसअघिका अध्यक्ष लेखनाथ दाहाल राजन जिल्ला इन्चार्ज बढुवा भएपश्चात् रिक्त स्थानमा पाैडेललाई जिम्मेवारी दिइएको प्रदेश अध्यक्षले जानकारी दिनुभयो । यसैगरी काभ्रे र रसुवामा केन्द्रीय सदस्य नभएकोले प्रदेश सदस्यलाई नै जिल्ला इन्चार्ज ताेकिएकाे छ। काभ्रेमा सूर्यमान दाेङ इन्चार्ज र दिनानाथ गाैतम सहइन्चार्ज बनाइएको छ। रसुवामा इन्द्र गाेतामेलाई ईन्चार्ज बनाइएको छ। काठमाडौं महानगर कमिटिमा सरिता महर्जनलाई सह इन्चार्ज बनाइएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८

 

 

ताजा अपडेट