सुनकाेशी न्युज, २०७८ वैशाख २५ गते शनिबार । काठमाडौं । काेराेना माहामारीले मुलुक आक्रान्त बनेको छ। अस्पतालमा विरामीका लागि अक्सिजन छैन । अक्सिजन सिलिन्डरको सर्टेज भएको छ । अस्पतालमा पर्याप्त अक्सिजन नभएकोले बिरामीको मृत्यु भईरहेकाे छ । सरकार लाचारी देखाईरहेछ। तर अक्सिजनका सिलिन्डर अन्यत्र प्रयोग भएका छन्, कतै त्यसै थन्क्याएर बसेका छन् । यतापटि कसैको ध्यानाकर्षण भएको देखिदैन । हुक्का चिलिम बनाउने उद्योगले सयौं सिलिन्डरहरू हाेल्ड गरेर राखेको खुल्न अाएकाे छ। ललितपुरका गाेदावरअं, काठमाडौंको मनमैजु, पाेखराका कयौं उद्योगहरू लगायतका दर्जनौं स्थानमा अहिले पनि अक्सिजन सिलिन्डर डम्प भएर बसेका छन् । यो संकटको समयमा त्यस्ता सिलिन्डर जफत गरेर अक्सिजन भरेर अस्पतालमा प्रयोगमा ल्याउनु पर्ने नेपाल सरकारका पूर्वसचिव भिम उपाध्यायको राय छ। मानवीय संकटका बेला हुक्का उत्पादन राेकर त्यसरी प्राप्त हजारौं सिलिन्डरको सदुपयोग गर्न सरकारले अविलम्ब पहल गर्नुपर्ने अस्पतालमा कार्यरत चिकित्सकले माग गरेका छन् । हुक्का चिलिम त ज्यान रहे खादैगराैंला, अहिले ज्यान बचाउनु छ, त्यसको लागि सिलिन्डर चाहिन्छ । सरकारले सिलिन्डर जफत तुरुन्तै नगरे रातारात लुकाउने सम्भावना रहेकोले यथाशीघ्र काममा लाग्नुपर्ने देखिन्छ ।
मान्छे बचाउन अक्सिजन छैन, हुक्का बनाउन हजारौं सिलिन्डर
सम्बन्धित समाचारहरु

ताजा अपडेट
- सरकार बदलियो, बजार ढल्यो—नेप्से ७१ अंकले ओरालो
- देशका ठूला नेतामाथि अनुसन्धानको घेरा: देउवा–ओली–प्रचण्डको सम्पत्ति जाँच सुरु
- देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरण छानबिन, बूढानीलकण्ठ निवास भत्काउन रोक
- कार्की आयोगको प्रतिवेदन परिसर काठमाडौंमा, कार्यान्वयन प्रक्रिया सुरु
- कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ, सम्पत्ति शुद्धीकरण र स्काउट जग्गा विवादमा अनुसन्धान तीव्र
- ट्रम्पविरुद्ध अमेरिका तात्यो: ३ हजारभन्दा बढी स्थानमा लाखौंको प्रदर्शन
- पूर्वप्रम ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ, एमाले आन्दोलनमा
- 📊 १४ अंकले उकालो लाग्यो सेयर बजार, कारोबार भने खुम्चियो
- सिंहदरबारमा शपथको उत्सव: परम्परा, भाषा र राजनीति एउटै मञ्चमा
- भेषभूषामा विविधता, शपथमा एकता: नवनिर्वाचित सांसद आज शपथ लिँदै















Add Comment