सुनकाेशी न्युज, २०७८ वैशाख २५ गते शनिबार । काठमाडौं । काेराेना माहामारीले मुलुक आक्रान्त बनेको छ। अस्पतालमा विरामीका लागि अक्सिजन छैन । अक्सिजन सिलिन्डरको सर्टेज भएको छ । अस्पतालमा पर्याप्त अक्सिजन नभएकोले बिरामीको मृत्यु भईरहेकाे छ । सरकार लाचारी देखाईरहेछ। तर अक्सिजनका सिलिन्डर अन्यत्र प्रयोग भएका छन्, कतै त्यसै थन्क्याएर बसेका छन् । यतापटि कसैको ध्यानाकर्षण भएको देखिदैन । हुक्का चिलिम बनाउने उद्योगले सयौं सिलिन्डरहरू हाेल्ड गरेर राखेको खुल्न अाएकाे छ। ललितपुरका गाेदावरअं, काठमाडौंको मनमैजु, पाेखराका कयौं उद्योगहरू लगायतका दर्जनौं स्थानमा अहिले पनि अक्सिजन सिलिन्डर डम्प भएर बसेका छन् । यो संकटको समयमा त्यस्ता सिलिन्डर जफत गरेर अक्सिजन भरेर अस्पतालमा प्रयोगमा ल्याउनु पर्ने नेपाल सरकारका पूर्वसचिव भिम उपाध्यायको राय छ। मानवीय संकटका बेला हुक्का उत्पादन राेकर त्यसरी प्राप्त हजारौं सिलिन्डरको सदुपयोग गर्न सरकारले अविलम्ब पहल गर्नुपर्ने अस्पतालमा कार्यरत चिकित्सकले माग गरेका छन् । हुक्का चिलिम त ज्यान रहे खादैगराैंला, अहिले ज्यान बचाउनु छ, त्यसको लागि सिलिन्डर चाहिन्छ । सरकारले सिलिन्डर जफत तुरुन्तै नगरे रातारात लुकाउने सम्भावना रहेकोले यथाशीघ्र काममा लाग्नुपर्ने देखिन्छ ।
मान्छे बचाउन अक्सिजन छैन, हुक्का बनाउन हजारौं सिलिन्डर

सम्बन्धित समाचारहरु
ताजा अपडेट
- अध्यक्ष प्रचण्डकाे जापान भ्रमण बारे सचिवालयकाे प्रेस नाेट
- लाेकहित डेन्टलमा प्रभुका ग्राहकलाई आकर्षक छुट दिने सम्झौता
- घाेराहीमा स्थानीय सरकारबाट विद्यालय अनुगमन
- माओवादी बागमती प्रदेशको सर्कुलर जारी, के के छन् निर्देशन र कार्यक्रम ? (सर्कुलरकाे पूर्णपाठ सहित)
- पार्टीले गरेका राम्रा काम बारे बाेल्न र सहकर्मीलाई नखुइल्याउन नेताहरूलाई अध्यक्ष प्रचण्डको आग्रह
- कपन खहरेमा बाढी, सधैंको समस्या, जनप्रतिनिधिलाई छैन चासो
- यो नाली हो कि धराप ?
- भूमि सम्बन्धि समस्या देखाएर राज्य दोहोन गर्ने प्रवृतिको अन्त्य गरिन्छ
- ठमेल पर्यटन विकास परिषद्को चुनाव : शर्मा र अधिकारीकाे अलग प्यानल घाेषणा
- ओलीले नियुक्ति दिएका गर्भनर अधिकारीको शैक्षिक योग्यता पुगेन
Add Comment