समाचार हेडलाईन न्युज

डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

सुनकोशी न्युज
२०७७ असोज ३ गते शनिबार

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला शनिबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

महामन्त्री कोइरालालाई कोरोना संक्रमण देखिएपछि केही दिनअघि ओम अस्पताल भर्ना भएका थिए ।

स्वास्थ्यमा क्रमिक सुधार आएपछि डिस्चार्ज भएको अस्पतालले जनाएको छ । महामन्त्री कोइरालाले पोस्ट गर्दै स्वास्थ्य स्थितिमा सुधार भएको बताएका छन् ।

उनले ट्वीटमा भनेका छन्, ‘मेरो स्वास्थ अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा तथा स्वास्थलाभको कामना गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरु, नेता तथा कार्यकर्ताहरु,पत्रकार मित्रहरु, तथा उपचारमा संलग्न डा.विश्वनाथ कोइरालाको चिकित्सक टिमलाई हृदयदेखी नै धन्यवाद व्यक्त गर्दछु ।
मेरो स्वास्थ स्थितिमा क्रमिक सुधार आएसंगै आजै ॐ अस्पतालबाट डिस्चार्ज भएको छु । चिकित्सकको सल्लाह बमोजिम अब केहि दिन होम आइसोलेशनमै रहने छु ।

प्रकाशित मिति: शनिबार, अशोज ३, २०७७