समाचार

माइतीघर मण्डलामा कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गर्दै अभियन्ता तथा युवाहरू

सुनकोसी न्यूज
चैत १ गते, आइतबार

काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। युवाहरूले आइतबार माइतीघरमा भेला भई सरकारले उक्त प्रतिवेदन सार्वजनिक नगरेको भन्दै विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले देशमा घटेका विभिन्न घटनाको छानबिनका लागि पटक–पटक समिति गठन हुने र समितिले प्रतिवेदन सरकारलाई बुझाउने गरे पनि ती प्रतिवेदनहरू सार्वजनिक नगरिने प्रवृत्तिप्रतिमा पनि प्रश्न उठाएका छन्। उनीहरूले पारदर्शिताका लागि जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

 जेनजी आन्दोलनको छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ समिति गठन गरेको थियो। उक्त समितिले आफ्नो प्रतिवेदन तयार गरी सरकारलाई बुझाइसकेको भए पनि हालसम्म सार्वजनिक गरिएको छैन।

प्रदर्शनमा सहभागीहरूले प्रतिवेदन सार्वजनिक गरी आन्दोलनसँग सम्बन्धित घटनाबारे सत्य तथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति: आइतवार, चैत्र १, २०८२

 

 

ताजा अपडेट