समाचार हेडलाईन न्युज

जेनेभा हिडेकाे अध्यक्ष दाहाल नेतृत्वको संसदीय टोलीलाई कतारमा स्वागत

सुनकोसी न्युज
असाेज २६ गते शनिबार, २०८१
दाेहा,कतार । स्विजरल्याणडकाे जेनेभामा हुने महासभामा भाग लिन त्यसतर्फ प्रस्थान गरेको राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल कतार पुग्नुभएको छ। शुक्रबार साँझ राष्ट्रिय सभाका नाै सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जेनेभा उड्नुभएका दाहाललाई कतार ट्रान्जिटमा कतारका लागि नेपालका कार्यबाहक राजदूत कुमार राईले दाेहास्थित हमाद अन्तरास्ट्रिय विमानस्थलकाे अतिविशिष्ट कक्षामा स्वागत गर्नुभएको छ ।

अन्तर-व्यवस्थापिका संघ (आईपीयू) को १४९ औँ महासभामा भाग लिन राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल नेतृत्वको संसदीय प्रतिनिधिमण्डल स्वीट्जरल्यान्डको जेनेभातर्फ लागेको हाे।

अध्यक्ष दाहालको नेतृत्वमा संघीय संसद्को ९ सदस्यीय टोली आईपीयू महासभामा भाग लिन जेनेभा प्रस्थान गरेको हो।

असोज २७ देखि कार्तिक १ गतेसम्म चल्ने आईपीयूको १४९ औँ महासभामा सहभागी हुने नेपाली संसदीय प्रतिनिधिमण्डलमा राष्ट्रिय सभा अध्यक्ष दाहालको नेतृत्वमा प्रतिनिधि सभा सदस्यहरू सुनिता बराल र निशा डाँगी तथा राष्ट्रिय सभा सदस्यहरू तारामान स्वाँर र कृष्णप्रसाद पौडेल सहभागी हुनुहुन्छ। त्यसैगरि संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, संघीय संसद् सचिवालयका सहसचिव सीता वाग्ले काफ्ले, उपसचिव नमराज नगरकोटी र अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव विष्णुप्रसाद सापकोटा पनि प्रतिनिधिमण्डलमा हुनुहुन्छ।

आईपीयूको महासभामा राष्ट्रिय सभा अध्यक्ष दाहालले ‘शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग’ विषयमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यसूची रहेको छ। प्रतिनिधि सभा सदस्यद्वय सुनिता बराल र निशा डाँगीले ‘फोरम अफ योङ पार्लियामेन्टेरियन’ र ‘फोरम अफ वूमन पार्लियामेन्टेरियन’मा सहभागिता जनाउनु हुने छ।

अध्यक्ष दाहालले महासभामा सहभागी विभिन्न राष्ट्रका प्रतिनिधिमण्डल एवं अन्तर-व्यवस्थापिका संघ तथा सचिवालयका पदाधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

अध्यक्ष दाहाल नेतृत्वको प्रतिनिधिमण्डल कार्तिक ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको प्रमुख स्वकीय सचिव विष्णु सापकोटा जुगलले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शनिबार, अशोज २६, २०८१

 

 

ताजा अपडेट