Uncategorized समाचार हेडलाईन न्युज

सिन्धुलीमा माइक्रोबस दुर्घटना, घाइतेको सिन्धुली र धरानमा उपचार हुदै

सुनकोसी न्युज
असाेज १८ गते शुक्रबार, २०८१
सिन्धुली/भिमान। काठमाडौंबाट विराटनगर हिडेको बा ५ ख ६६१८ नम्बरकाे हायास माइक्रो बस सिन्धुलीको  सिस्नेरीमा दुर्घटना हुँदा १५ जान घाइते भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।

घाइते सबैलाई सिन्धुली जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरानको घोपा मेडिकल कलेज पठाइएको छ। माइक्रोमा सवार १९ यात्रुमध्ये चार जना सकुशल छन्। उनीहरुलाई अर्को बसमा गन्तव्य तर्फ पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि मोरङको सुन्दरहरैचा नगरपालिका -९ का अनुज सुन्दास, सुन्दरहरैचा -१९ का प्रकाश उप्रेती, सुनसरीको इटहरी उपमहानगरपालिका -१९ का सिसम घिमिरे, झापा विर्तामोड नगरपालिका- ५ का समिर तामाङ, सुनसरीको इटहरि उपमहानगरपालिका- ६ की विजया तिमल्सिना, मोरङ लेटाङ नगरपालिका- ६ का गोपाल नेपाली, मोरङ लोटाङ -१ का दिपेश राई घाईते भएका छन ।

यस्तै मोरङको मधुमल्ला गाउँपालिका -९ का बम बहादुर खड्का र नेत्र बहादुर खड्का, पाँचथर याङवरक गाउँपालिका- ४ का विक्रम सुन्दास र सुजन सुन्दास, धनकुटाको मदलक्षिन नगरपालिका- १ का गोरख बुढाथोकी, मोरङको सुन्दरहरैंचा नरपालिका- १ का उपेन्द्र खतिवडा, विराटनगर महानगरपालिका ८ का अतुल कटुवाल र तेह्रथुम छत्रश्रीमा -६ का तिर बहादुर लिम्बु घाईते भएका छन्।

प्रकाशित मिति: शुक्रबार, अशोज १८, २०८१