समाचार हेडलाईन न्युज

बझाङ (१) मा एमालेका भण्डारी निर्वाचित

सुनकोसी न्युज
वैशाख १७ गते साेमबार, २०८१
धनगढी । बझाङ प्रदेशसभा (१) उपनिर्वाचनमा मतगणना सकिएको छ। भरखरै सम्पन्न मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीकाे जित निश्चित भएको छ। उनले ११ हजार ६१३ मत ल्याएर लगभग जित निश्चित गरेका हुन् ।

भण्डारीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत पाएका छन् ।

निर्वाचन आयाेगले केहीबेरमा आधिकारिक घाेषणा गर्ने जनाएको छ।

उम्मेदवारले मुचुल्कामा हस्ताक्षर गरिसकेपछि औपचारिक रूपमा अन्तिम मत परिणाम घोषणा गरिने प्रमुख निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए ।

उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ३ हजार ८३१ मत पाएका छन् । त्यस्तै एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ र राप्रपाका किशोर कुमार खड्काले २४२ मत पाएका छन् ।

प्रकाशित मिति: सोमवार, बैशाख १७, २०८१