समाचार

विद्युतीय गाडीका लागि काठमाडौंमा १२ वटा चार्जिङ स्टेशन बन्यो

सुनकोशी न्युज, २०७६ भाद्र ९
काठमाण्डौं । विद्युतीय सवारीसाधन निर्माता कम्पनी बिवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्कले १५ वटा चार्जिङ स्टेशन बनाएको छ ।
साइमेक्सले काठमाडौं उपत्यकामा १२ र बाहिर ३ गरी १५ वटा चार्जिङ स्टेशन बनाइसकेको कम्पनीका प्रोजेक्ट तथा मार्के्टिङ म्यानेजर समीर श्रेष्ठले जानकारी दिए।
‘उपत्यकामा पाटन, महाराजगञ्ज, रत्नपार्क, कमलादी नक्साल थापाथली, तीनकुने, सिंहदरबार लगायत ठाउँमा र बाहिर नारायणगढ हेटौंडा र लुम्बिनीमा संचालनमा ल्याइसक्यौं,’ उनले भने।
कम्पनीले देशैसम्म नेपालभर २५ वडा चार्जिङ स्टेशन बनाइसक्ने र २०१९ भित्र त्यसको संख्या ५० पुर्याउने श्रेष्ठले जानकारी दिए।
‘बर्दिबास, धुलिखेल, कुरिनटार, पोखरा इटहरी लगायतको ठाउँमा पनि हामीले चार्जिङ स्टेशन पनि अन्तिम चरणमा छ,’ उनले सुनकोशी न्युजसँग भने।
चार्जिङ स्टेशन सञ्चालनमा आए पनि उपभोक्तासँग कुनै शुल्क नलिएको उनले जानकारी दिए।
‘बिजुली बेच्ने अधिकार हामीसगँ छैन, प्राधिकरणले नीति बनाएपछि मात्र हामीले शुल्क लिन मिल्छ,’ श्रेष्ठले भने।
बिवाइडीले राखेको चार्जिङ स्टेशनबाट सबै विद्युतीय सवारी साधन चार्ज गर्न भने मिल्दैन।
यस चार्जिङ स्टेशनबाट स्ट्याण्डर्ड २ प्रविधिको विद्युतीय सवारीसाधन चार्ज गर्न मिल्ने उनले जानकारी दिए । चार्जिङ स्टेशन बनाउन एउटाको ६ देखि ८ लाख खर्च हुने श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: सोमवार, भदौ ९, २०७६

 

 

ताजा अपडेट