समाचार हेडलाईन न्युज

चाैतारी अध्यक्ष बस्नेतले गल्ती स्वीकारेपछि उजुरी फिर्ता

सुनकोसी न्युज
श्रावण ६ गते शनिबार, २०८०
काठमाडौं । पत्रकार तथा प्रेस चाैतारीका अध्यक्ष गणेश बस्नेतले आफूले गृहमन्त्री नारायणकाजी श्रेष्ठ बारे सामाजिक संजालमा स्टाटस लेखेर दिएको अभिव्यक्तिले उहाँको सार्वजनिक व्यक्तित्व, छवि र प्रतिष्ठामा असर गरेको  भन्दै दु:ख व्यक्त गरेका छन् । आगामी दिनमा यस्तो कार्य नगर्ने र भ्रष्टाचारबिरुद्ध सरकारको अभियानलाई सघाउने बस्नेतले प्रतिवद्धता जनाएका छन् । बस्नेतले गल्ती स्वीकारेपछि गृहमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरिले साइबर व्यूराेमा दिएको उजुरी फिर्ता लिएका छन् ।
शनिबार बिहान प्रेस सेन्टरका अध्यक्ष विष्णुप्रसाद सापकोटा जुगललाई
लिएर गणेश बस्नेत आफ्ना केही सहकर्मीसाथ मन्त्री निवास पुगेका थिए । गृहमन्त्री श्रेष्ठले बस्नेतलाई हार्दिकतासाथ स्वागत गर्दै किन यस्तो गलत अफवाह फैलाएको भनी प्रश्न गर्दै अंकमाल गरेका थिए ।
राजस्व अनुसन्धान विभागले केही दिनअघि ठूलो मात्रामा अबैध सुन समातेपछि बस्नेतले सुन तस्करीमा गृहमन्त्री श्रेष्ठको संलग्नता रहेको सूचना आफूलाई प्राप्त भएको भनी फेसबुकमा स्टाटस लेखेका थिए । जसलाई आधार बनाएर जनबाेली डटकमले केही झुटाकुरा थपथाप पारेर समाचार प्रकाशित गरेकाे थियोे । त्यसपछि कमल गिरीले साइबर व्यूराेमा बस्नेत बिरुद्ध र प्रेस काउन्सिलमा जनबाेली डटकम बिरुद्ध निवेदन दिएका थिए । गल्ती स्वीकार गरेपछि बस्नेतबिरुद्ध व्यूराेमा दिएको निवेदन फिर्ता भएको गिरीले एक स्टाटस लेखेर जानकारी दिएका छन् ।

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०