समाचार हेडलाईन न्युज

सुनको यकिन परिणाम आउन हप्तादिन लाग्नसक्छ : टक्सार महाशाखा

सुनकोसी न्युज
श्रावण ४ गते बिहीबार, २०८०
काठमाडौँ । राजश्व अनुसन्धान विभागले समातेको अवैध सुनकाे यकिन ताैल थाहा पाउन हप्तादिन लाग्ने टक्सार महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक थानेश्वर आचार्यले विभागबाट ८ प्याकेट सुन आइसकेको छ र प्याकेटसहित जोख्दा कूल १५४ किलोग्राम भएको बताए । तर, ती प्याकेटमा कति परिणामको सुन छ भन्ने यकिन तथ्याङ्क आउन भने एक हप्तासम्म लाग्न सक्ने आचार्यले बताए ।

‘अहिले ‘ब्रेक प्याड’ सहित १५४ किलोग्राम भएको छ । यसलाई गालेर (पगालेर) जोख्नुपर्छ,’ आचार्यले भने । सुन जोख्न अनुमति आएपछि ब्रेक प्याडबाट सुन छुट्ट्याएर गालिने र त्यसपछि जोख्दा मात्रै यकिन परिणाम आउँछ। यो प्रक्रिया एक हप्तासम्म चल्न सक्ने आचार्यको भनाई छ । तर तत्काल अनुमति आए छिटो काम सम्पन्न हुने आचार्य बताउछन् ।

प्रकाशित मिति: बिहिबार, साउन ४, २०८०