अर्थ/विजनेस समाचार हेडलाईन न्युज

सरकारले फेरि घटायाे पेट्रोलियमको मूल्य

सुनकोसी न्युज
किरण खड्का
असार १८ गते, साेमबार, २०८०
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य घटेको नभए पनि आम उपभोक्ताको हितलाई ध्यान दिदै पेट्रोलियमको मूल्य घटाइएको निगमका प्रवक्ताले विज्ञप्तिमार्फत जानकारी दिएका हुन्।
जसअनुसार पेट्रोलको भाउ काठमाडौंमा १७५ बाट घटेर रू. १७०/- कायम भएको छ। त्यसैगरी डिजेल र मट्टीतेलको मूल्य रू.१५५ बाट घटेर रू.१५० भएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्यमा १.१३५ डलरबाट घटेर १.०३५ डलर प्रति शिलिण्डर कायम भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। खाना पकाउने ग्यासमा भने मूल्य स्थीर रहेको छ। आज राति १२:०० बजेबाट उक्त मूल्य लागू हुने निगमले जनाएको छ।

प्रकाशित मिति: सोमवार, असार १८, २०८०

 

 

ताजा अपडेट