मुख्य समाचार

उच्च अदालत पोखराका न्यायाधीशको राजीनामा

अन्तरिम आदेशका कारण विवादमा परेका उच्च अदालतका न्यायाधीशहरुले एकपछि अर्को गर्दै राजीनामा दिन थालेका छन् ।

गोर्खा ब्रुअरीको अन्तशुल्कसम्बन्धी विवादास्पद अन्तरिम आदेश दिएका कारण छानबिनको घेरामा रहेका उच्च अदालत पोखराका न्यायाधीश रामकृष्ण यादवले राजीनामा दिएका छन् ।

उनले न्यायपरिषदलाई स्पष्टीकरणसहित राजीनामासमेत बुझाएको परिषदले जनाएको छ । सो प्रकरणमा आदेश गर्ने अर्का न्यायाधीश जीवनहरि अधिकारीले भने यसअघि नै राजीनामा दिइसकेका छन् ।

दुबै न्यायाधीशको पदावधि ६ महिनापछि सकिँदैछ । राजीनामा बुझाएका दुबै न्यायाधीशले अल्पकालीन अन्तरिम आदेश जारी गर्दा उपलब्ध प्रमाण र यसअघि सर्वोच्च अदालतले जारी गरेका अन्तरिम आदेशलाई आधार बनाएको दाबी गरेका छन् ।

न्यायपरिषदमा सोही व्यहोराको राजीनामा बुझाएपछि उनीहरुले केही दिनको अन्तरालमा राजीनामा बुझाएका हुन् । सो प्रकरणमा अर्का न्यायाधीश नरबहादुर शाही पनि परिषदको छानबिनको घेरामा छन् ।

प्रकाशित मिति: आइतवार, भदौ ८, २०७६