समाचार

घटेको इन्धनको मूल्य आजदेखि लागू

सुनकोसी न्युज
चैत २१ मंगलबार,  काठमाडौं । नेपाल आयल निगमले घटाएको इन्धनको नयाँ मूल्य आजदेखि लागू भएको छ ।

सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य प्रतिलिटर १०/१० रुपैयाँको दरले घटाएको थियो । भने पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ । खाना पकाउने ग्याँसको मूल्य भने यथावत् राखिएको छ ।

डिजेल र मट्टीतेलको खुद्रा मूल्य १७५ रुपैयाँ प्रतिलिटर थियो ।  नयाँ खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । भने पेट्रोलको मूल्यमा ३ रुपैयाँले घटेपछि नयाँ मूल्य १७५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

 

प्रकाशित मिति: मङ्लबार, चैत्र २१, २०७९