समाचार हेडलाईन न्युज

एमाले नेता भट्टकाे निवासमा प्रधानमन्त्री प्रचण्ड

सुनकोसी न्युज
चैत्र २६ गते आइतबार, २०७९
काठमाडौं । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ पूर्व माओवादी नेता लेखराज भट्टको कैलाली गेटास्थित घरमा पुग्नुभएकाे छ। उहाँ आइतबार विहान नेता भट्टकाे घरमा पुग्नुभएकाे उहाँको निजी सचिवालयले जनाएको छ।
आइतबार हुने सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड धनगढी पुग्नु भएको हाे । साेही क्रममा जनयुद्धकालिन मित्र तथा नेता भट्टको घरमा पुरेर परिवारसँग भेटघाट गर्नु भएको हाे।
जनयुद्धकालमा प्रम प्रचण्ड लामाे समय यो घरमा बस्ने गर्नुभएको र उहाँको लागि माथिल्लो तलामा एउटा अलग्गै काेठाकाे व्यवस्था गरिएको थियोे । त्यसैले यो घर आफ्नै जस्तो लाग्ने उहाँले कुराकानीका क्रममा बताउनुभयो । उहाँले भन्नुभयो “याे घरसँग मेराे ४० वर्षदेखि सम्बन्ध छ । यहाँ माथि एउटा म बस्ने काेठा छ, जहाँ मैले खाने बस्ने गर्थेँ । त्यसैले याे घर मेराे पनि हाे भन्ने लागेर यहाँ आएकाे हाे । बाँकी कुरा, लेखराजजी राजनीतिक व्यक्तित्व भएकाेले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नै भै हाल्याे”
माओवादी जनयुद्धमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका लेखराज माओवादी एमाले पार्टी एकता भएर नेकपा बनेपछि पुन: पार्टी अलग हुँदा एमालेमै रहनुभएकाे थियो । रामबहादुर थापा बदल, टाेपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह लगायत मन्त्री पदको लाेभमा एमालेमै बसेका थिए । फुटेको एमाले संसद बिघटन गरेर सरकारमा बसेकाे थियोे भने माओवादी र नेपाली काँग्रेस लगायत गठबन्धन सडक आन्दोलनमा थियोे । बादल, रायमाझी, भट्टहरूकाे मन्त्री पद अदालतकाे आदेशले खारेज भएको थियोे ।
त्यसयता २०७९ मंसिरमा भएको प्रतिनिधि सभाको लागि भएको चुनावमा भट्ट एमालेबाट चुनाव लडेर हारेका थिए ।

प्रकाशित मिति: आइतवार, चैत्र २६, २०७९