समाचार हेडलाईन न्युज

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलले पाए विश्वासको मत

सुनकोसी न्युज
चैत १०, शुक्रबार, २०७९
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत पाएका छन् । शुक्रबार बसेकाे बागमती प्रदेश सभाको बैठकले उनलाई विश्वासको मत दिएको हाे। उनलाई ६७ मत पाएका छन् ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले निर्णायार्थ प्रस्तुत गरेको मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा प्रदेशसभाको शुक्रबारको बैठकमा उपस्थित ९१ जना सांसदहरु मध्ये ६७ जना सांसदले हस्ताक्षर गरेका हुन् । उनको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा १७ जना सांसदले हस्ताक्षर गरेका छन् भने ७ जना सांसदहरु तथस्ट बसका थिए । समीकरण परिवर्तन भएसँगै मुख्यमन्त्रीले दोस्रो पटक विश्वासको मत लिएका हुन् ।

मुख्यमन्त्री जम्कट्टेललाई माओवादी केन्द्रका २१, नेपाली कांग्रेसका ३७, एककृित समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसदले विश्वासको मत दिएका थिए । यससँगै मुख्यमन्त्री जम्कट्टेल नेतृत्व सरकारले निरन्तरता पाएको छ । सरकारको निरन्तरताका लागि मुख्यमन्त्री जम्कट्टेललाई ५६ सांसदको समर्थन आवश्यक रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत्र १०, २०७९