समाचार हेडलाईन न्युज

रामचन्द्र पाैडेल नेपालकाे तेस्रो राष्ट्रपति निर्वाचित

सुनकोसी न्युज
फाल्गुन २५ गते बिहीबार, २०७९
काठमाडौं । संघीय लाेकतान्त्रिक गणतन्त्र नेपालकाे तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।

पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाए ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन २५, २०७९

 

 

ताजा अपडेट