प्रदेश १ समाचार हेडलाईन न्युज

प्रदेश १ मा मन्त्रीहरूले पाए मन्त्रालय, मन्त्रालय संख्या घटाइयाे

सुनकोसी न्युज
माघ ६ गते शुक्रबार, २०७९
विराटनगर ।  प्रदेश नं १  सरकारले साविक मन्त्रालय संख्या १३ बाट घटाएर ९ बनाएको छ। सरकारका बिनाविभागिय मन्त्रीहरुको जिम्मेवारी पनि तोकिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विनाविभागीय रहेका मन्त्रीहरुको मन्त्रालय तोक्दै कार्यविभाजन गरेका हुन् ।

कार्यविभाजन अनुसार मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाहेक आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून आफैंसँग राखेका छन् ।

नेकपा एमालेका तिलकुमार मेन्याङ्बोले खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मा पाएका छन् भने बुद्वीकुमार राजभण्डारीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

माओवादीका दुर्गा चापागाईले सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको जिम्मा पाएका छन् भने माओवादीका जीवन आचार्यले पर्यटन, वन तथा वातावारण मन्त्रालयको जिम्मेवारी पाएका छन् । राप्रपाका भक्तिप्रसाद सिटौलालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालय र जसपाकी निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९