समाचार

शालिकराम प्रकरणमा नेकपा काठमाडाैं जिल्ला कमिटीले भन्योः अनुसन्धालाई प्रभावमा पार्ने र गणतन्त्रमाथि प्रहार गर्ने कुरा अस्विकार्य

काठमाडाैं । नेपाल कमम्युनिष्ट पार्टी (नेकपा) काठमाडाैं जिल्ला कमिटीले पत्रकार शालिकराम पुडासैनी प्रकरणबारे निष्पक्ष छानवीनको माग गरेको छ ।

काठमाडाैं जिल्ला कमिटी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य कृष्ण राई र सचिव हिमाल शर्माले आज एक विज्ञप्ति जारी गर्दै चितवनमा देखिएका विुुभिन्न गतिविधि गणतन्त्र विरोधि मात्रै नभएर नेतृत्वलाई नै असफल पार्ने मनसायका साथ अगाडी बढेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाको सन्दर्भमा गरिएका प्रदर्शन तथा सामाजिक संजालमा आउने धारणाले निष्पक्ष र स्वतन्त्र अनुसन्धानलाई समेत प्रतिकुल प्रभाव पार्ने भएकाले त्यस्ता खाले गतिविधिहरुमा सहभागी हुन जनसमुदायमा आह्वान गर्दछाैं ।

यस्तै नेकपा काठमाडाैं जिल्ला कमिटीले अनुसन्धा प्रभाव पार्न विभिन्न चलखेल हुँदै गएको भन्दै चिन्ता समेत व्यक्त गरेको छ  ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६

 

 

ताजा अपडेट