समाचार हेडलाईन न्युज

पार्टीले गरेका राम्रा काम बारे बाेल्न र सहकर्मीलाई नखुइल्याउन नेताहरूलाई अध्यक्ष प्रचण्डको आग्रह

सुनकोसी न्युज
साउन १३ गते शुक्रबार २०७९
काठमाडौं । पार्टीका राम्रो कामको बारेमा बाेल्नभन्दा सहकर्मीकाे गल्ती खाेजेर सिध्याउन र पार्टीभित्र बखेडा झिकेर अन्तर कलह चर्काउने संस्कारको विकास भएको  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताउनुभयो । प्रेस सेन्टर नेपालको दाेस्राे पूर्ण बैठकलाई सम्वाेधन गर्दै उहाँले पार्टीले गरेका राम्रा कामकाे विषयमा बाेल्न लेख्न आग्रह गर्नुभयो ।उहाँले बैठकलाई सम्बाेधन गर्ने क्रममा  बाेल्नुभएकाे वियष संक्षेपमा यस्तो छ :

प्रेस जगत सबै सूचना सार्वजनिक गर्ने संगठन भएकोले प्रेस सेन्टरको बैठकमा सबै बाहिरी मिडियालाई पनि सहभागी भएर समाचार संकलन गर्न दिइएको हाे, उहाँले भन्नुभयाे।
अहिलेको राष्ट्रिय राजनीतिकाे मूलधार आन्दोलन नेतृत्व गरेको, परिवर्तनको बाहक माओवादी नै हाे। संघीय लाेकतान्त्रिक गणतन्त्र हाे। हिजो र आजका गणतन्त्रबिराेधी र परिवर्तन बिराेधी हाेइनन्।
समयक्रममा अहिले पुरानै शक्तिले टाउकाे उठाउने र परिवर्तनकाे बाहक शक्ति एकपछि अर्को समस्यामा फस्दै जाने जस्तो भएको छ। यसको बारेमा पार्टी र प्रेस सेन्टर सजग हुनुपर्ने छ।
हामी सबै केही बिचलित भएकै हाे। हाम्रो बलिदानबाट प्राप्त परिवर्तन हाे तर यसलाई जाेगाउन हामीलाई हम्मेहम्मे परेको छ।
पहिला जस्तो जिवनमरणकाे खतरा नभए पनि भावि जिवनकाे चिन्ताले सताउने गरेको छ। तर हामीले धेरै टाढासम्म जाने आन्दोलन गरेको हाे, यसरी यहाँ सकिदैन । तर हामीले साथीहरू बिचमा बिस्वास जगाउन सकेका छैनौं ।
मैले बाहिरका पत्रकारसँग पनि छलफल गरेको छु। माओवादी नेताहरूले लेख्दैनन्, बाेल्दैनन्। लेखे बाेले पनि  आफैंभित्र घाेचपेच गरेर त्यहीँ हराएर मात्रै बाेल्छन्। पार्टीको नीति, लाइन, काम, बलिदान बारे लेख्दैनन्। यो परिवर्तनको बाहक हामी हाे भनेर बाेल्दैनन्। टप लिडरले पार्टीको कामबारे लेखे, बाेले वा ट्वीट मात्रै गरे पनि धेरै सकारात्मक सन्देश जानेवाला छ। तर त्यसाे भन्न जाँगर चल्दैन । पार्टीभित्र धेरै लडाइँ र समस्या छ भन्न हामीलाई मज्जा लाग्छ, समस्या छैन भन्न मन लाग्दैन । खुलेआम एकले अर्कोलाई छाला काड्न हामीलाई मजा लाग्ने भएको छ।
मदन भण्डारी मार्ग हामीले बनाएको हाे। पूर्ण विद्युतिकरण हामीले ल्याएको अवधारणा हाे। हाम्रो ९ महिने कार्यकालमा एउटा पनि  भ्रष्टाचारको समाचार बन्ने माैका मिलेन। आर्थिक विकासमा रेकर्ड ब्रेक गरेको छ। सबैतिर समावेशीकरण भयो । मासिक ३/४ अरबकाे बिजुली भारतमा बेचिएको छ। भूमिसुधार र सुकुम्बासी समस्या समाधानमा गरिएको काम किन बाेलिदैन ? mcc व्यवस्थापन गरियो । spp ठाडै खारेज गरियो । अर्थमन्त्रीमाथि अनेक लाल्छना लगाइयाे, छानबिन भयो, तर उहाँ निर्दाेष भएको अहिले निर्णय भएको छ। यो विषय बाहिर बाेल्न र लेख्न हामी चाहिरहेका छैनौं ??
क्रिटिकल समयमा यो गठबन्धन सरकार बनेको सबैलाई थाहा छ। यसको ओेेैचित्य र आवश्यकता रहेसम्म यो रहिरहनेछ । गठबन्धनका सबै दललाई राम्रोसँग मिलाएर जानुपर्छ भनेको छु। कांग्रेसले दम्भ गर्नुहुँदैन भनेको छु। हामी गठबन्धनमा बामपंथी दलहरू पनि छाैं। तर तत्काल समाजवादी केन्द्र बनाउने कुनै छलफल र योजना छैन ।
परिवर्तनका नक्कली प्रवक्ता र सक्कली बाहकलाई जनतामा चिनाइदिनुपराे। यो परिवर्तनको रक्षाकाे दायित्व हामी सबैको हाे।

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९