समाचार स्थानीय हेडलाईन न्युज

कपन खहरेमा बाढी, सधैंको समस्या, जनप्रतिनिधिलाई छैन चासो

सुनकोसी न्युज
साउन १२ बिहीबार २०७९
काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ  वडा नम्बर १०,११, १२  र काठमाडौं महानगरपालिका वडा नम्बर ६  काे साँधमा पर्ने कपनबाट बग्ने यो खहरे खाेलामा आउने बाढीका कारण यहाँको जनजिवन अस्तव्यस्त हुने गरेको छ। काठमाडौंको बीचमै रहेको यो स्थानमा महानगर, नगर र उपत्यका विकास प्राधिकरणले समेत समस्या समाधानको लागि ठाेस काम गर्न सकेको छैन ।

तत्कालीन जनप्रतिनिधिको चुनाव जित्ने लाेभमा खाेला मिचेर  किनबेच गरिएकाे जग्गालाई समेत पुर्जा दिलाउने काम भयो । यसमा आर्थिक चलखेल समेत भएको स्थानीय बताउँछन् । अहिले  पानी बग्ने साँघुरो ठाउँमा सडक र ढल बनाइएकाे छ । ढलले बर्खाकाे बाढी कहिल्यै धान्न सकेकाे छैन । हरेक वर्ष खहरेमा बाढी आउँछ, सडक र ढल बगाउँछ, बच्चा बगाउँछ, पसल बगाउँछ र बस्ती डुबानमा पर्छ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ र ३ काे साँधमा पर्छ। काठमाडौं ४ बाट कांग्रेसका गगन थापाले दुईपटक जितिसकेका छन् भने काठमाडौं ३ बाट एमालेका कृष्ण राई अहिले सांसद छन् । तर उनीहरूलाई यो समस्याकाे मतलबै छैन जस्तो व्यवहार गरेको मतदाताहरू गुनासो गरिरहेका छन् ।

प्रकाशित मिति: बिहिबार, साउन १२, २०७९

 

 

ताजा अपडेट