Uncategorized समाचार हेडलाईन न्युज

रामकुमारीको रोदन

फणीन्द्र फुयाल
सुनकोसी न्युज
असार २४, मंगलबार २०७९

चानचुन नौ महिना सत्ताको कुर्सीमा बसेर बाहिरिँदै गर्दा शहरी विकासमन्त्री रामकुमारी झाँक्री मन्त्रालयमै धरधरी रोइन् । उनी रुनुको भित्री कारण के होला त्यो त उनी आफैँ जानुन् । पत्रकारहरुले सोधेको प्रश्नको जवाफ पनि झाँक्रीले दिन सकिनन् । आँशु झारेरै टारिन् ।

उनले सत्तामा बसेर नौ महिना बिताएको कामको चर्चा भन्दा उनी रोएको चर्चा यतिबेला सामाजिक सञ्जाल, चोक, चौतारी, चिया पसलदेखि खेतीपातिको काम गर्ने किसानहरुले खेतका आलीमा बसेर थकाइ मार्ने ‘मसला’ बनेको छ ।

रुनुका कारण यस्ता हुन सक्छन् :

पहिलो कारण : मन्त्री पद छाडेर जानु परेको कारणले उनी रोएको हुनसक्छ । पदमा बस्दा पाएको सेवा, सुविधाहरु गाडि, तलब, क्वार्टर, अगुवा, पछुवा अव नपाइने भयो भन्ने गहिरो पिर परेको हुनक्छ । आफू पनि सर्वसाधारण जनता झैँ हुने भएँ भन्ने कुराले दिमागमा झड्का दिएको हुनसक्छ ।

दोस्रो कारण : आफू मन्त्री हुँदा थालनी गरेका केही कामले आगमी दिनमा निरन्तरता पाउलान् कि नपाउलान् ? पाए त राम्रै भयो, नपाए आफू बदनाम भइएला, आदि इत्यादी ।

तेस्रो कारण : आफू मन्त्री हुँदा ठेक्कापट्टा मार्फत थालनी गरेका केही कामको भोलिका दिनमा कमिसन नपाइने भयो भन्ने कुरा झल्झली सम्झिएर भक्कानो फुटेको पनि हुन सक्छ ।

चौथो कारण : बल्ल बल्ल प्राप्त भएको मन्त्री पद चाँडै छोड्नु प¥यो । अव फेरि मन्त्री बन्न पाइने हो वा होइन ? यो कुरा उनको मनमा निकै गहिरोसँग गडेका कारण पनि बलिन्द्र आँशुका धारा चुहाएर रोएकी पनि हुन सक्छिन् ।

आन्दोनबाट आएकी मन्त्री रोएको सुहाएन :

नेकपा एमालेको विद्यार्थी संगठन अखिलबाट राजनीतिक यात्रा सुरु गरेकी रामकुमारी झाँक्री देशको लोकतान्त्रिक आन्दोलन, मूल्यबृद्धिबिरुद्धको आन्दोलन, ज्ञानेन्द्र शाहको ‘कू’ बिरुद्धको आन्दोलन लगायतका धेरै आन्दोलनमा पटक पटक गिरफ्तार भएर, घाइते भएर र टाउको फुटाएर यहाँसम्म आइपुगेकी हुन् ।

यत्रो परिवर्तनको आन्दोलनमा लागेको व्यक्ति पद र प्रतिष्ठाको लागि रोएको भने कत्ति पनि सुहाउँदैन । यो रोदनले उनको ‘हाइट’ उच्च पार्ने होइन, गिराउने काम गरेको छ । यस बारेमा झाँक्रीले आम जनतलाई चित्तबुझ्दो जवाफ भने आगामी दिनमा पक्कै पनि दिनेछिन् ।

ज्ञानेन्द्र शाह पनि नरोइकिन गद्दिबाट गएका थिए :

सहोदर दाजु बिरेन्द्र शाहको वंशनाश गरेर राजगद्दिमा बसेको भनेर आरोप लागेका ज्ञानेन्द्र शाहले देशमा कुशासन गरे । उनले चालेका कदमविरुद्ध देश आन्दोलित बन्यो । देशले दुःख पायो । २०६२/६३ सालको जनआन्दोलनमा उनकै ठाडो आदेशले धेरै जनता मारिनु प¥यो । उनले प्रेसको घाँटी निमोठ्ने दुस्प्रयास पनि गरे । प्रजातन्त्र नै अपहरण गर्ने कुचेष्टा गरे ।

तर आमजनता उनको शासनसत्ता र आदेशको बर्खिलाप गर्दै ज्यानको परवाह नगरी सडकमा भेलसरी उत्रिए । अन्ततः ज्ञानेन्द्र शाहले जनताको नासो जनतालाई नै फर्काइदिएको भन्दै गद्दी त्यागेको घोषणा गरे । ज्ञानेन्द्र शाहले राजगद्दी त्याग्दा त रोकएका थिएनन् भने झाँक्री किन रुनुप¥यो ?
यदि झाँक्रीले देश र जनताको हितमा दुरगामी र स्मरणयोग्य काम गरेकी छिन् भने जनताले पक्कै पनि उनलाई आगामी निर्वाचनमा जिताउने छन् । उनी फेरिपनि मन्त्री बन्लिन् । लामो राजनीतिक यात्रा गरेर यो स्थानसम्म आइपुगेकी झाँक्रीले पक्कै पनि बुझेको

रुनु स्वास्थ्यको लागि फाइदा :

मानिस स्वस्थ हुन जति हाँस्नु, नाच्नु, गाउँनु, उफ्रनु आवश्यक छ, रुनु पनि स्वास्थ्यका लागि फाइदाजनक नै हुन्छ । चिकित्सकहरुका अनुसार हामीले खाएको पानी मानिसको शरिरले चाहेजति उपभोग गर्छ र बढि भएको पानी पसिना, पिसाव र आँशुबाट बाहिरिन्छ । त्यसैले कहिलेकाहिँ रुनु पनि स्वास्थ्यको लागि फाइदाजनक नै हुन्छ । सायद झाँक्री पनि स्वास्थ्यप्रति निकै सचेत भएकैले गर्दा रोएकिपो हुन् की !

संसदीय प्रणालीमा व्यक्ति भन्दा दल ठूलो :

:हामीले संसदीय प्रणालीको पालना गरेका छौंँ । कुनै पनि व्यक्ति दल वा स्वतन्त्र उम्मेदवारबाट निर्वाचन जित्न सक्छ । तर जो व्यक्ति दलको टिकट लिएर निर्वाचित हुन्छ, उसले मन्त्री बन्दा वा मन्त्रीबाट बिदा हुँदा आफ्नो दलको निर्णय मान्नै पर्छ । अहिले भएको पनि त्यहि हो । नेकपा समाजवादीको सिफारिसमा झाँक्री मन्त्री भएकी हुन् । उनी र अन्य मन्त्रीहरुलाई उक्त पार्टीले फिर्ता बोलायो र नयाँ मन्त्री सरकारमा पठायो । सत्ता छाड्नुपर्दा अन्य मन्त्रीहरु पनि ‘भित्र भित्रै’ त रोए होलान् तर झाँक्री भने देखिने गरी नै रोइन् ।

सुख र दुःखको साथी आँसु:

आँसु सुख र दुःख दुबैको साथी हो । मान्छे नचिताएको सफलता हात पर्यो भने रुन्छ । र, दुःख पर्दा त स्वभाविकैले रुने नै भयो । रोएपछि मन शान्त हुन्छ, जसरी मेघ गर्जनपछि आकाश शान्त हुन्छ ।

प्रकाशित मिति: मङ्लबार, असार १४, २०७९