समाचार हेडलाईन न्युज

पेट्रोल र डिजेलको मूल्य घट्यो

सुनकोसी न्युज
असार ११, सनिवार, २०७९
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोलमा रु. २०/- र डिजलमा रु. २९/- घटेको छ।  अब पेट्रोलको मूल्य १७९ रुपैयाँ र डिजेलको मूल्य १६३ रुपैयाँ कायम भएको छ ।

आज विहान प्रचण्ड निवास खुमलटारमा बसेको बाम लाेकतान्त्रिक गठबन्धनकाे बैठकले पेट्रोलियम पदार्थको मूल्यमा भारी छुट दिन सरकारलाई निर्देशन दिने निर्णय  गरेको माओवादी अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लले सामाजिक संजाल फेसबुकमार्फत सार्वजनिक गरेका थिए ।त्यसलगत्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्राालयले पत्रकार सम्मेलन गरी सरकारकाे निर्णय सार्वजनिक गरेको हाे।

देश आर्थिक मन्दीकाे चपेटामा परेका बेलामा अन्तर्राष्ट्रिय बजारलाई देखाउदै केही महिनामै पेट्रोलियम पदार्थमा अत्याधिक मूल्य वृद्धि गरिएको थियो । १००/- रुपैयाँ हाराहारीमा रहेको पेट्रोल  १९९/- रुपैयाँ पूराइएकाे थियोे । यसमा झन्डै ९९/- रुपैयाँ बढाइएको थियोे ।  खाना पकाउने ग्यासमा १३५०/- बाट बढाएर  १८००/- पुराइएकाे छ। यसमा झण्डै ४५०/- बढाईएकाे छ । डिजेलको मूल्य १९२ पुराइएकाे  थियो। फेरि पनि आयल निगम दैनिक अरबाैं घाटामा रहेको बताइरहेकाे छ।

अचाक्ली मूल्य वृद्धिका कारण जनजीवन प्रभावित भइ सरकारकाे तीब्र आलोचना हुन थालेपछि गठबन्धनले पेट्रोलियम पदार्थमा भारी मात्रामा मूल्य घटाउन निर्देशन दिने निर्णय गरेको हाे।

सरकारले पूर्वाधार विकास  लगायत आधा दर्जन शीर्षकमा पेट्रोलियम पदार्थमा अतिरिक्त कर लगाउदै आएको छ।

प्रकाशित मिति: शनिबार, असार ११, २०७९