समाचार

सुब्बा केसीको सुसाइड नोट भेटियो, कसैलाई आरोप नलगाइदिन आग्रह

सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा मृत भेटिएका बच्चुराम केसीको साथबाट प्रहरीले सुसाईड नोट फेला पारेको छ । आयोगका सुब्बा केसीको साथबाट भेटिएको नोटमा अंशबन्डाका कारण असन्तुष्ट भई आत्महत्या गरेको उल्लेख छ ।

मृतक केसीले आफू कसैको कारण आत्महत्या नगरेको प्रष्ट पारेका छन् । उनले आफ्नो मृत्युका कारण कसैलाई कुनै पनि आरोप नलगाइदिन आग्रह समेत गरेको काठमाडौ प्रहरी परिसरका डिएसपी होबिन्द्र बोगटीले बताए ।

केसीले मंगलबार बिहान किटनाशक औषधि सेवन गरी आत्महत्या गरेको बोगटीले बताए । उनी सोमबार राति कार्यालयमै बसेका थिए ।

प्रकाशित मिति: मङ्लबार, भदौ ३, २०७६