समाचार

विवाह समारोहमा शक्तिशाली विस्फोट, ६३ को मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा एउटा विवाह समारोहमा भएको शक्तिशाली बम विस्फोटमा परेर ६३ जनाको मृत्यु भएको छ भने अन्य १८० जनाभन्दा बढी घाइते भएका छन् ।

एक जना आत्मघाती बम हमलाकारीले विवाह समारोहमा विस्फोट गराएका थिए । विस्फोटनपछि धेरै मानिस हताहत भएको देखेको प्रत्यक्षदर्शीले बताएका छन् ।

स्थानीय समयअनुसार राती १० बजेर ४० मिनेटमा काबुलको पश्चिम भागमा रहेको शिया मुस्लिम बहुल क्षेत्रमा विस्फोट भएको थियो।

तालिबान, इस्लामिक स्टेट समूह र सुन्नी मुस्लिम विद्रोहीहरूले अफगानिस्तान र पाकिस्तानमा रहेका शिया हजारा अल्पसंख्यकहरूलाई बारम्बार निसाना बनाउने गरेका छन्।

प्रकाशित मिति: आइतवार, भदौ १, २०७६