समाचार हेडलाईन न्युज

नक्सालका युवाले mcc बिरुद्ध गरे प्रभातफेरि

सुनकोसी न्युज
२०७८ फागुन ९ गते साेमबार
काठमाडौं । अमेरिकी सहयोग mcc बिरुद्धकाे आन्दोलन  राजनीतिक दलकाे मात्रै चासोको विषय रहेन। स्वतस्फूर्त रुपमम विभिन्न स्थानमा मानिसहरू संगठित भएर mcc विरुद्ध आन्दोलनमा सहभागी हुन थालेका छन् । काठमाडौंको वडा नं १ नक्साल नारायणचाैर क्षेत्रमा त्यहाँका स्थानीय युवा, बुद्धिजीवी र व्यापारीले समेत mcc चाहिदैन, देश बेच्न पाइदैन भन्ने प्लेकार्ड बाेकेर प्रभातफेरि कार्यक्रम गरेकाे स्थानीय युवा साैरभ दवाडीले जानकारी दिए।
mcc विशुद्ध अमेरिकी आर्थिक सहयोग मात्रै नभएर अमेरिकी शैन्य रणनीति इण्डाे प्यासिफिक स्ट्राट्रेजिकाे कभरका रुपमा नेपाल छिर्न लागेको र नेपालकाे लागि यो घातक सिद्ध हुने भन्दै सबैले यसको डटेर बिराेध गर्नुपर्ने स्थानीय सन्तोष प्रधानले बताए ।
आगामी फागुन १२ गते सदनमा mcc मा मतबिभाजन हुदैछ । यसलाई सदनबाट फिर्ता वा फेल गराउन सांसदहरूलाई दबाब दिन निरन्तर कार्यक्रम गरिरहने कार्यक्रममा सहभागीले बताएका छन् ।
एमाले/ कांग्रेसका मान्छे र केही दलाल पत्रकार बाहेक सबै नेपाली जनता mcc चाहिदैन भन्नेमा दृढ रहेकोले यसलाई जसरी पनि लागू हुन दिन नहुने दवाडीकाे जिकिर रहेको छ।

प्रकाशित मिति: सोमवार, फाल्गुन ९, २०७८