सुनकोसी न्युज
२०७८ फाल्गुन ४ गते बुधबार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदनको अबरोध नखाेलेसम्म सदनमा mcc टेबल गर्न नहुने माओवादी संसदीय दलको बैठकले निर्णय गरेको छ। आपत्तिजनक र विवादास्पद बुदा हटाएर मात्रै सदनमा लानुपर्ने माओवादी केन्द्रको अडान कायम राखेको छ।
बुधबार सदनमा टेबल गर्ने सम्भावना रहेको mcc एमालेको निरन्तरको अबरोधका कारण पनि टेबल हुन नसक्ने र त्यसका लागि एमालेले पहिला सदनको अबरोध अन्त्य भएको घाेषणा गर्नुपर्ने उसको निश्कर्ष छ।
यसैबीच माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाबीच आज संसदमा mcc टेबल नगर्ने सहमति भएको छ।
बिहीबार गठबन्धनको बैठक बसेर यसबारे निर्णय लिने सहमति भएको प्रधानमन्त्री देउवा सचिवालयले जानकारी दियो ।
माओवादीले कमसेकम गठबन्धनका दलहरूबीच साझा सहमति हुनुपर्ने अडान राखेको छ। mcc मा साझा राष्ट्रिय सहमति समेत बन्नुपर्ने माओवादी संसदीय दलकाे निश्कर्ष रहेको छ।
MCC सदनमा पेस नगर्ने माओवादी संसदीय दलको निर्णय

Add Comment