समाचार हेडलाईन न्युज

अमेरिकी मन्त्रीकाे नेताहरूलाई फाेन, mcc पास गर्न धम्की

सुनकोसी न्युज
२०७८ माघ २७ गते बिहीबार
काठमाडौं । mcc छिटो पास गर्न एक अमेरिकी विदेशमन्त्रीले नेपाली नेताहरूलाई फाेन गरेरै दबाब दिएका छन् ।

एमसीसीले दिएको डेडलाइन नजिकिदै गर्दा दलहरु निर्णयमा पुग्न नसकेपछि बिहीबार अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लूले शीर्ष नेताहरुलाई फोन गरेर दबाब दिएका छन् ।

लूले प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग फोन सम्वाद गरेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले  mcc बारे जनमत बिभाजित भएको र यसमा केही विवादास्पद कुरा हटाउनुपर्ने बताएको स्राेतले बतायो । उनलेे चुनावपछि मात्रै यसबारे निर्णयमा पुग्ने बताएपछि अमेरिकी सहायक विदेशमन्त्री लु ले यदि mcc पास नभइ फिर्ता लानुपरे त्यसलाई चीनको हस्तक्षेपका कारण बुझिने धम्की समेत दिएका छन् ।
यता गठबन्धन सरकारले वैशाख ३० गते स्थानीय चुनाव गर्ने निर्णय गरेको छ। mcc बारे जनतामाझ बहस र असन्तुष्टि बढिरहेको बेला यसरी मन्त्रीले नै नेपाली नेतालाई फाेन गरेर धम्क्याउने कार्यले विवाद झनै उल्झनमा पर्ने विश्लेषकहरूकाे ठम्याइ छ।

प्रकाशित मिति: बिहिबार, माघ २७, २०७८