अर्थ/विजनेस समाचार स्थानीय हेडलाईन न्युज

सिन्धुलीको कमलामाईमा शहरी विकासको २० करोड बजेट थपियाे

सुनकोसी न्युज
२०७८ माघ २४ गते साेमबार ।
सिन्धुली ।शहरी विकास मन्त्रालयबाट कमलामाई नगरपालिकालाई एकमुष्ट २० करोड बजेट दिने निर्णय भएको छ।
सघन शहरी विकास कार्यक्रम मार्फत चालू आर्थिक वर्षमा ठेक्का गरेर काम सम्पन्न गर्ने गरि उक्त थप बजेट बिनियाेजन गरिएको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक Ar. पदम मैनालीले सुनकोसी न्युजलाई जानकारी दिनुभयो ।
३०% रिटर्नेवल शीर्षकमा र बाँकी जनप्रतिनिधिहरूसँगकाे छलफलमा योजना छनाेट गरि काम गर्नुपर्ने छ। बाटो, ढल, पार्क लगायत कार्यमा उक्त रकम खर्च गर्नुपर्ने छ।  विभागबाट जाने प्रतिनिधि, जनप्रतिनिधि र सराेकारवालासँगकाे छलफल र बैठकले योजना छनाेट गर्नेछ ।
सिन्धुली क्षेत्र नम्बर २ का संघीय सांसद हरिवाेल गजुरेलले आग्रहमा शहरी विकास मन्त्रालय र अर्थमन्त्रालयले केही नगरपालिकालाई चालू आ.व. मै खर्च गर्ने गरि सघन शहरी विकास कार्यक्रममा अन्तर्गत उक्त रकम थप गरिएको महानिर्देशक मैनालीले बताउनुभयो । स्थानीय चुनावको मुखमा पालिकाले खर्च गर्ने गरि यसरी रकम बाँड्दा चुनावी नारा बन्ने र दुरुपयोग हुनसक्ने तर्फ सचेत हुनुपर्ने नगरबासीकाे तर्क छ।

प्रकाशित मिति: सोमवार, माघ २४, २०७८