मुख्य समाचार

भौतिक पूर्वाधार मन्त्रालयको सरुवामा ठूलो आर्थिक चलखेल

भौतिक पूर्वाधार तथा यातायात मनत्रालयले असोज १५ मा चार सहसचिव सुई, २७ उपसचिव९डीई, र ९५ अधिकृत इन्जीनियरको सरुवा निकालेको छ । मन्त्रालयले यसअघि १८ र अहिले २७ गरी ४५ डीईहरुको सरुवा गरेको छ । इन्जीनीयर, डीई र सुईको सरुवामा भौतिक पूर्वाधार मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले व्यापक आर्थिक चलखेल गरेको आरोप छ । डीईको सरुवामा बरिष्ठता, कार्यक्षमता भन्दा पनि आर्थिक मोलमोलाईलाई आधार मानिएको छ ।

कनिष्ठहरुलाई घुसकै आधारमा आकर्षक डिभिजन र आयोजनामा सरुवा गरिएको छ । सडकका इन्जीनीयर र डीईहरुको सरुवा बजेटको आकार हेरी जति बढि बजेट छ, त्यति नै बडि दररेट तय गरी गरिएको छ । आवरण विज्ञापन एजेन्सी भए सधै भौतिक मन्त्रालयका सचिव रविन्द्रनथ श्रेष्ठको कार्यकक्षमा बस्ने रविन श्रेष्ठले नै सरुवाको डिल गरी जसले बढि घुस कबोल गर्छ, उसलाई त्यति बढि बजेट भएको आकर्षक आयोजनामा सरुवा गरिएको छ ।

बिगत एक वर्ष अगाडी ठूलो रकम कमाई रविन श्रेष्ठ मार्फत ओम्नी गु्रपका हर्ता कर्ताहरु मार्फत भौतिक मन्त्रालयमा सरुवा भई आएका सचिव रविन्द्र श्रेष्ठले सडक विभागका विभिन्न ३२ वटै डिभिजन प्रमुख र योजना प्रमुखहरुलाई स्टेशनरी सामान, रोड सेप्ठीका सामान र विज्ञापनहरु रविन श्रेष्ठलाई मात्र दिन दबाव दिने गरेको कुरा सम्बन्धित डिभिजन प्रमुख तथा योजना प्रमुखहमरुले बताउने गरेका छन् ।

सिनियर डिई र सुईलाई सडक विभाग र मन्त्रालयको कोरिडरमा थन्काएर मोटो कमिसन असुल्द्रै इन्जिनियरहरुलाई निमित्त र का मु दिँदै डिभिजन र योजनाहरुमा सरुवा गरेको छ ।

प्रकाशित मिति: बुधबार, अशोज २०, २०७८