मुख्य समाचार समाचार हेडलाईन न्युज

पाए शेरबहादुर देउवाले विश्वासको मत

सुनकोशी न्युज
२०७८ साउन ३ गते आईतबार

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत पाएका छन् । प्रतिनिधि सभामा आज बेलुकी भएको मतदानमा देउवाको पक्षमा १६५ मत परेको छ । विपक्षमा ८३ मत र मत दिन्न भन्नेमा १ परेको थियो । मतदानमा जम्मा उपस्थित संख्या २४९ जना सदस्य सहभागी थिए ।
देउवालाई कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल पक्षका केही सांसद, जसपा, राष्ट्रिय जनमोर्चाका सांसदले विश्वासको मत दिएका हुन् । एमालेको ओली पक्षले भने विश्वासको मतको विपक्षमा मत दिएको छ । राप्रपा भने तटस्थ बसेको छ ।

प्रकाशित मिति: आइतवार, साउन ३, २०७८