हेडलाईन न्युज

अखिल क्रान्तिकारीको अध्यक्षमा पन्चा सिंह

अखिल क्रान्तिकारीको अध्यक्ष निवर्तमान उपाध्यक्ष पन्चा सिंह हुने भएकी छिन् ।

१४ गतेबाट जारी राष्ट्रिय सम्मेलनमा नेतृत्व छान्ने जिम्मा नेकपा माओवादी केन्द्रको स्थायी समितिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो ।

आज विहान अध्यक्ष निवास खुमलटार पुगेका विद्यार्थी नेताहरुलाई अध्यक्ष प्रचण्डले सिंहलाई नेतृत्वमा चयन गर्ने बताएका हुन् । यो सँगै अखिलले आफ्नो इतिहासमा पहिलोपटक महिला अध्यक्ष पाउने भएको छ ।

अध्यक्षका मुख्य दावेदार सिंह, सुरेन्द्र बस्नेत र तिलकराज भण्डारी थिए । अन्य पदाधिकारी र केन्द्रीय समिति भने चयन गर्न बाँकी छ ।

एक विद्यार्थी नेताका अनुसार अन्य पदाधिकारी चयन गर्नेबारे विद्यार्थी नेताहरुबिच छलफल भईरहेको छ ।

 

प्रकाशित मिति: आइतवार, अशोज १७, २०७८