समाचार स्थानीय हेडलाईन न्युज

बुढानिलकण्ठमा माओवादी बुद्धिजीवीको भेला सम्पन्न, माधव आचार्य अध्यक्ष

सुनकाेशी न्युज
२०७८ कार्तिक २७ गते शनिबार
काठमाडौं, बुढानिलकण्ठ । नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ नगर कमिटिले नेपाल बुद्धिजीवी संगठनको नगर भेला सम्पन्न गरेको छ। भेलाले बरिस्ठ वामपन्थी बुद्धिजीवी माधव आचार्यको नेतृत्वमा २५ सदस्यीय कार्य समिति चयन गरेको छ।
बुढानिलकण्ठ -१० कपनकाे मिलनचाेक पार्टी भेन्युमा सम्पन्न भेलाले उपाध्यक्षमा माधव प्रसाद शर्मा र अनिता शर्मालाई चयन गरेको छ भने सचिवमा कृष्ण दाहान चयन भएका छन् ।
भेलाले १९ सदस्यीय बुद्धिजीवीकाे सल्लाहकार समिति समेत चयन गरेको छ। डेनमार्कका लागि पूर्व नेपाली राजदूत युवनाथ लम्साललाई अध्यक्ष चयन गरेको छ भने उपाध्यक्षमा डा. शिवकुमार राई, डा. पुण्य प्रकाश सिवाकोटी, विष्णु पाण्डे लगायत सदस्य रहेका छन् ।
संगठनका केन्द्रीय सहसंयाेजक निलकण्ठ तिवारी र नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार डा. शिवकुमार राईकाे विशेष उपस्थितिमा भेला सम्पन्न भएको हाे। भेला सम्पन्न गर्न पार्टीको बुढानिलकण्ठ नगर कमिटीले विशेष सहयोग गरेको माओवादी केन्द्र बुढानिलकण्ठका अध्यक्ष रविन अधिकारीले जानकारी दिएका छन् ।
समाजका लव्धप्रतिष्ठित तथा अग्रज वामपन्थीहरू समेटिएको बुद्धिजीवी संगठन निर्माण गरेको माओवादी केन्द्रले आगामी चुनावमा राम्रो परिणाम हात पार्ने देखिएको स्थानीय बुद्धिजीवीको भनाइ छ।

प्रकाशित मिति: शनिबार, कार्तिक २७, २०७८