समाचार हेडलाईन न्युज

माधव नेपालकाे पार्टीले पायो दल दर्ताको प्रमाणपत्र

सुनकाेशी न्युज
२०७८ भाद्र ९ गते बुधबार
काठमाडौं । निर्वाचन आयाेगले नेकपा (एकीकृत समाजवादी ) नामको नयाँ पार्टी दर्ता गरेको छ। आज दल दर्ता गरेको प्रमाणपत्र दिदै आयाेगले उक्त कुरा जनाएको हाे।

निर्वाचन ऐन २०७३ काे दाेस्राे संसाेधन अध्यादेश २०७८ काे दफा ३३ अनुसार नेकपा एमालेबाट अलग भै नेकपा (एकीकृत समाजवादी ) नामको पार्टी बनेको भन्दै निर्वाचन आयाेगले दल दर्ता गरेको छ। उक्त दलमा अध्यक्ष माधवकुमार नेपाल रहेका छन् । साविक एमालेका ५५ जना केन्द्रीय सदस्य र ३० जना सांसदहरूले आफू नवनिर्मित पार्टीमा रहेको सनाखत गरेका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८