समाचार हेडलाईन न्युज

प्रधानमन्त्रीका प्रेस सल्लाहकारले अदालतकाे फैसला प्रभावित पार्न खाेजे, हामीलाई अपमान गरे :नेता नेपाल

सुनकाेशी न्युज
२०७८ असार २८ साेमबार
काठमाडौं । प्रधानमन्त्रीका प्रेस हेर्ने सूर्य थापाले सम्मानित सर्वोच्च अदालतको अपमान गरेको भन्दै नेता माधव नेपाल आक्राेसित भएका छन् । अदालतमा बिचाराधिन रहेको मुद्दामा जिम्मेवार ठाउँमा बसेका व्यक्तिले यसरी फैसला प्रभावित हुनेगरी सामाजिक संजालमा लेखेर हुनलागेको सहमतिको पनि बाटो छेकेकाे बताएका छन् ।

हिजो एमालेभित्रकाे विवाद मिलाउन गठित कार्यदलले दस बुंदे सहमतिको खाका तयार पारेपछि एक स्टाटस लेख्दै थापाले अदालतमा संसद पुनःस्थापना माग गर्दै हस्ताक्षर गर्ने एमालेका २३ जना सांसदहरूलाई कटाक्ष गरेर लेखेका थिए । थापाले सहमति भाँड्ने र ओली-नेपाल मिल्न नलिने आसयका साथ ‘सर्वोच्चद्वारा न परमादेश न पुनस्स्थापना । मच्चियो मच्चियो, जेठो नराम्ररी थच्चियो’ भनेर लेखेका थिए ।

एमालेमा भद्रगोल बनाएपछि केन्द्रीय सदस्य बनेका सूर्य थापा प्रधानमन्त्रीको नजिक बसेर पार्टीभित्र माधवपक्षलाई छाला काड्ने कामबाट परिचय बनाएका पात्र हुन्। अपशब्द प्रयोग गरेर नेताहरूको चरित्र हत्या गर्नेदेखि हुन लागेको सहमति भाँडेर पार्टीलाई आफूअनुकुल सानाे झुण्डकाे कब्जामा राखिरहने कुत्सित मनसाय उनको यो अभिव्यक्तिमा छताछुल्ल भएको एमालेका एक केन्द्रीय सदस्यले बताए ।

सूर्य थापाले लेखेको भए पनि प्रधानमन्त्रीको सबैभन्दा प्रिय र नजिकैको मान्छेले प्रधानमन्त्रीकै सल्लाहमा यस्तो भाड्नेखाले अभिव्यक्ति दिएको उनलेे असन्तुष्टि पाेखे। माधव नेपालले आज विहान फेसबुकमै स्टाटस लेखेर यसको जवाफ दिएका छन् । उनलेे लेखेका छन्
हिजो राती नेकपा (एमाले)को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ । यो व्याख्या गलत र अस्वीकार्य छ । अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा निवेदक रहेका नेकपा (एमाले)का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षर मा दृढ रहेको कुरा स्पष्ट पार्दछु । २८ असार, २०७८”

प्रकाशित मिति: सोमवार, असार २८, २०७८