अर्थ/विजनेस समाचार स्थानीय हेडलाईन न्युज

मरिण गाउँपालिका अध्यक्ष बम्जनले सार्वजनिक गरे ५२ करोड ४० लाख २५ हजारको वार्षिक बजेट

सुनकोशी न्युज

२०७८ असार ९ गते बुधबार
मरिण, सिन्धुली । मरिण गाउँ पालिकाको नवौं गाउँसभा (वर्षे अधिवेशन) सम्पन्न भएको छ । मंगलबार गाउँपालिकाको सभाहलमा गाउँसभा सम्पन्न भएको हो । कार्यक्रममा गाउँ पालिका अध्यक्ष पानीराज बम्जनले आगामी आ.व. २०७८/७९ को बजेट प्रस्तुत गर्नुभएको छ ।

मरिण गाउँपालिकाले आगामी आ.व.मा विभिन्न स्रोतबाट रु.५२ करेड ४० लाख २५ हजार बराबरको बजेट सुनिश्चितता गरेको छ । यसमा गाउँपालिका तर्फको कार्यक्रमका लागि आगामी आ.व.को बजेटमा चालु तर्फ १५ करो ५८ लाख र पूँजीगत तर्फ १० करोड ७९ लाख ५० हजार गरेर कुल रु.२६ करोड ३७ लाख ५० हजार रहने छ । संघ र प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रमका लागि चालुमा १९ करोड ७१ लाख ७५ हजार र पूजँीगत खर्चतर्फ ६ करोड ३१ लाख गरी कुल रु. २६ करोड २ लाख ७५ हजारको बजेट रहेको छ ।

जसमा प्रदेशको समपुरक अनुदानबाट रु २ करोड ८८ लाख, ससर्त अनुदानबाट रु. २ करोड १ लाख ७५ हजार अनुदान प्राप्त हुनेछ । त्यसैगरी संघीय सरकारको विशेष अनुदानबाट रु. १ करोड ९१ हजार, समपुरक अनुदानबाट रु. ५२ लाख प्राप्त हुने बताएको छ । त्यसैगरी, संघीय सरकारको ससर्त अनुदानबाट रु. १८ करोड ७० लाख प्राप्त हुनेछ । प्रदेशको वित्तिय समानीकरणबाट रु. ८४ लाख, संघको वित्तिय समानीकरणबाट रु.१० करोड ३२ लाख प्राप्त हुने जानकारी अध्यक्ष बम्जनले सभामा जानकारी गाउनुभएको छ । त्यसैगरी, प्रदेशको राजस्व बाडफाँडबाट रु. २ करोड ३० लाख, संघीय बजेटको राजस्व बाडफाडबाट रु. ९ करोड ३६ लाख ९५ हजार प्राप्त हुनेछ भने आन्तरिक आयबाट १ करोड ३२ लाख ५० हजार प्राप्त हुने लक्ष्य रहेको छ । अन्य आय शीर्षकबाट २ करोड २२ लाख ५ हजार प्राप्त हुने लक्ष्य रहेको अध्यक्ष बम्जनले बताउनुभयो ।

खर्चतर्फ, पालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेको छ । विद्यालय समायोजनका कारण टाढाबाट विद्यालय आउने विद्यार्थीको लागि गाउ पालिकाले यो आ.व.मा कम्तिमा एउटा स्कुल बस किन्ने लक्ष्य लिएको छ । यसै वर्ष गाउँ पालिकाको प्रशासकीय भवन बनाउने काम सम्पन्न गर्ने निधो गरेको छ । गाउँ पालिकाको गौरवको योजना भनेर तीनवटा बटा बाटो बनाउन बजेट बिनियोजन गरेको पालिकाका प्रवक्ता प्रख्यात मोक्तानले जानकारी दिनुभयो । जसमा वडा नं. ३ को सुकेबाट बरुण जाने बाटो यस योजनामा राखिएको उहाँले बताउनुभयो ।

कृषि तथा पशुपंक्षी बजारका लागि १ करोड, उद्योग वाणिज्यमा ३० लाख, पर्यटनमा ३५ लाख, सहकारीमा ३० लाख, शिक्षामा ३ करोड ८० लाख ५७ हजार, खेलकुदमा ३७ लाख ५० हजार, स्वास्थ्य आयुर्वेदमा १ करचोड ३५ लाख ७२ हजार, संस्कृति प्रवद्र्धनमा ५ लाख, लैंगिक शसक्तिकरण तथा सामाजिक समावेशीकरण ४५ लाख, भवन तथा शहरी विकासमा १ करोड ८५ लाख, वन तथा भूसंरक्षणमा १० लाख, वातावरण फोहोरमैला तथा ढल २० लाख, जल उत्पन्न प्रकोपका लागि १५ लाख, विपद व्यवस्थापन कोष २५ लाख, सामान्य सेवा ८५ लाख, सूचना प्रविधि १५ लाख, पञ्जिकरण व्यवस्थापन १ लाख, स्थानीय तथ्यांक संकलन र अभिलेख व्यवस्थापनमा १ लाख, सूशासन प्रवर्धनमा २० लाख, अनुसन्धान र विकासमा ३४ लाख आकस्मिक कोषमा २५ लाख, मर्मत संभार कोषमा ३० लाख, समपुरक कोषमा ३ करोड, वडास्तरीय आयोजना २ करोड ८० लाख, ससर्त अनुदान (संघीय सरकारका लागि) १८ करोड ७० लाख, समपुरक अनुदान(संघीय सरकार) ५२ लाख, विशेष अनुदान संघीय सरकार १ करोड ९१ लाख, ससर्त अनुदान (प्रदेश सरकार) २ करोड १७ लाख ५ हजार, समपुरक अनुदान(प्रदेश सरकार) २ करोड ८८ लाख बजेट तहगत रुपमा विनियोजन गरिएको छ ।

कृषिको आधुनिकीकरणको लागि अनुदानमा आधारित कृषि उपकरण उपलब्ध गराइने बताइएको छ । रासाइनिक मललाई प्रतिस्थापन गर्ने नीति अवलम्वन गरिने बताइएको छ । जसका लागि व्यवसायिक तरकारी तथा फलफूल खेतीलाई प्रोत्साहन गरिने भनिएको छ । किसानलाई ज्ञान, सिप र प्रविधि हस्तानतरण गरी पशुजन्य उत्पादनलाई बृद्धि गर्ने नीति लिने अध्यक्ष बम्जनले बताउनुभयो । गुम्वा, मन्दिर र पोखरीको संरक्षण र विकास गरिनेछ । निजी क्षेत्रको सहकार्यमा यसको विकास गरिनेछ । स्थानीय तहमा उत्पादन हुने कच्चा पदार्थ प्रयोग गरेर उत्पादन गरिने लघु उद्योगलाई प्रोत्साहित गरिने छ । साना तथा मझौला उद्योगलाई प्रोत्साहित गरिने छ । हाटबजार व्यवस्थापन गरिने छ । पसलहरु अनिवार्य दर्ता गर्नुपर्ने छ । खानी संभाव्यता बारे अनुसन्धान गरिने छ । फोहोर व्यवस्थापन उचित ढंगले गर्न डम्पीङ साइट निर्माण गरिने छ । गाउँ पालिकाबाट भूमि सम्वन्धि सेवा प्रदान गर्न पहल गर्ने, भूमिहिनको लगत संकलन गरी जग्गा उपलब्ध गराउने, स्थानीय स्रोत साधनको प्रयोगबाट विकास र समृद्धि, क्षमता विकास तथा प्रशिक्षण, तालिम, सहकारीको गुण निर्धारण गरिने छ । लघु वित्तिय विकासबाट गरिबी निवारण गरिने । अर्धबेरोजगारीको अवस्था अन्त्य गरिने । कृषिमा उद्यमशीलता, आजको आवस्यकता भन्ने नारा अनुसार कृषकको क्षमता अभिवृद्धि गरिने, अनुदानबाट प्रोत्साहन गरिनेछ । गाउँपालिकाको वन पैदावरबाट काठ उद्योग संचालन गरिने छ । गुणस्तरीय शिक्षा दिने, विद्यालयको गुणस्तर सुधार गर्ने, शिक्षकको क्षमता विकास, शिक्षण सिकाइ अनुदान प्रदान गरिने छ । शिक्षक र ििवद्यालय कर्मचारीलाई थप प्रोत्साहन भत्ता दिने, न्युन विद्यार्थी रहेका विद्यालयमा कक्षा घटाई अन्यत्र गाभिने बताइएको छ ।

सामुदायिक स्वास्थ्य इकाईको गुणस्तर विकास गरि वडास्तरमा विकास गरिने छ । गाउँपालिको प्राथमिक स्वास्थ्य चौकीबाट २४ सै घण्टा आकस्मिक सेवा उपलब्ध गराइने छ । वर्थिङ सेन्टरलाई सुविधासम्पन्न बनाइनेछ । लक्षित वर्गलाई निःशुल्क स्वस्थ्य विमाको व्यवस्था गरिनेछ । पूर्ण पोषणयुक्त गाउँपालिका बनाइनेछ । खोप केन्द्रलाई पूर्ण व्यवस्थापन गरिनेछ । कोभिड–१९ लाई रोक्न आवश्यक कार्यक्रम संचालना गरिने छ । आवश्यकता अनुसार क्वारेन्टाइन र अस्थायी कोभिड अस्पताल बनाइनेछ । खोपलार्इृ निरन्तरता दियिनेछ । आयुर्वेद सेवा विकास गरी प्रभावकारी बनाइने छ । स्थानीय जडिबुडी प्रयोग गर्न प्रोत्साहन र जनचेतना जागृत गरिने छ । मातृभाष (तामाङ भाष, माझि भाषा, मगर भाष) मा पनि पढ्न पाउने व्यवस्था पाइने व्यवस्था गरिने छ । गाउपालिका स्तरिया खेलकुद विकास समितिबाट खेलकुदको विकास गरिनेछ । एक वडा एक खेलमैदान हुनेछ । अध्यक्ष कप, राष्ट्रपति रनिङशिल्ड संचालन गरेर खेलको विकास गरिने छ । लक्षित वर्गको विकासका लागि कार्यक्रम संचालन गर्दा सांस्कृतिक सम्पदाको विकास हुने गरी गरिनेछ । अपाङ्ग र असहायको संरक्षण गरिनेछ । मगर, माझी, तामाङ र हायुको संस्कृतिलाई विकास गरि पर्यटन प्रवर्धन गरिनेछ ।

भौतिक पूर्वाधारको विकासलाई प्राथमिकतामा राखिने छ । प्राथमिकताको आधारमा दिगो विकास भन्ने नारा कायम गरिनेछ । एकीकृत विकासको लागि गररुयोजना निर्माण गरी प्राथमिकताको आधारमा योजना छनोट गरिनेछ । सार्वजनिक–निजी साझेदारी कार्यक्रमलाई कार्यन्वयन गरिनेछ । उपभोक्ता समितिको १० प्रतिशत श्रम निष्ठा लगानीलाई निरन्तरता दिइनेछ । प्रस्ताव तयार गरी प्राथमिकताको आधारमा कार्यन्वयन गरिनेछ । गाउँपालिकाबाट अर्को पालिका जोड्ने सडकलाई बा¥है महिना संचालन गर्ने । सिचाईको आधुनिक प्रविधिलाई भित्राइने छ । स्थानीय वन ऐन २०७६ लाई कार्यन्वयनमा ल्याइने छ । राष्ट्रिय राजमार्गको दायाँबायाँ बृक्षारोपण गरिने छ । सार्वजनिक जग्गा र वनक्षेत्रमा प्राकृतिक रुपमा उम्रिएको बिरुवा संरक्षण गर्ने नीति बनाइनेछ । नदी नियन्त्रणलाई प्राथमिकता दिइनेछ । सडक निर्माण गर्दा पानीका मुहान सुक्ने संभावनालाई न्युनिकरण गरिनेछ । पालिकास्तरीय विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाइनेछ । डम्पीङ साइट बनाइनेछ । सार्वजनिक सुनुवाई, नागरिक सुनुवाई कार्यक्रम गरी भ्रष्टाचारमुक्त सेवा र सार्वजनिक जवाफदेहिताको सुनिश्चितता गरिनेछ । विद्युतीय शासनप्रणाली अपनाइनेछ । सबै प्रकारका करारका कर्मचारिलाई पनि सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने कार्यक्रम रहेको छ । गाउँपालिकामा विद्युतीय बडापत्रको व्यवस्था गरिनेछ । सार्वजनिक जग्गाको संरक्षण गरिनेछ । सम्पत्ती कर लागु गर्न तयारी गर्ने, वित्तिय स्वाबलम्वन हुनेतर्फ अग्रसर हने, न्यायिक समितिको क्षमता अभिवृद्धि गरिनेछ । फौजदारी र बालबालिका सम्वन्धि कसुरमा शून्य सहनशीलता अपनाइनेछ ।

अन्त्यमा, गाउँपालिका प्रशासनिक भवनको अगाडि बनाइएको नेपालको झण्डा सहितको नक्सा उद्घाटन र झण्डोत्तलन अध्यक्ष पानीराज बम्जन र उपाध्यक्ष संगिता माझीले संयुक्त रुपमा गर्नुभएको थियो ।

 

प्रकाशित मिति: बुधबार, असार ९, २०७८