समाचार हेडलाईन न्युज

२० मन्त्रीको पद गयो, सर्वोच्चबाट पदमुक्त गर्न अन्तरिम आदेश

सुनकाेशी न्युज
२०७८ असार ८ गते मंगलबार
काठमाडौं । प्रतिनिधिसभा विगठनपछि ओली सरकारले नियुक्त गरेका सबै मन्त्रीहरूको पद गएको छ।

सर्वोच्च अदालतले मन्त्रिपरिषद्‌ विस्तारलाई बदर गरेको हाे । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिपरिषद्‌ विस्तारलाई बदर गर्न अन्तरिम आदेश जारी गरेको हाे।

सर्वोच्च अदालतले नयाँ नियुक्त भएका २१ मन्त्री पदमुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌ विघटनपछि जनता समाजवादी पार्टी (जसपा)सहितका मन्त्री नियुक्ति गरेका थिए ।

पदमुक्त भएका मन्त्रीहरू यी हुन् :
रघुवीर महासेठ
राजेन्द्र महतो
खगराज अधिकारी
शरतसिंह भण्डारी
अनिलकुमार झा
शेरबहादुर तामाङ
राजकिशोर यादव
लक्ष्मणलाल कर्ण
नैनकला थापा
ज्वालाकुमारी साह
बिमलप्रसाद श्रीवास्तव
उमाशंकर अरगरिया
चन्दा चौधरी
एकवाल मियाँ
नारद मुनि राना
गणेशकुमार पहाडी
मोहन बाँनिया
चन्द्रकान्त चौधरी
रेणुका गुरुङ
आशाकुमारी वि.क.

प्रकाशित मिति: मङ्लबार, असार ८, २०७८