मुख्य समाचार समाचार हेडलाईन न्युज

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै एक साता थपियो

सुनकोशी न्युज
२०७८ असार ६ गते आइतबार

काठमाडौं – सरकारले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै थप एक साता थप्ने निर्णय गरेको छ ।
उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार ८ गतेदेखि १४ गतेसम्म निषेधाज्ञा थप गरेको हो ।
अबदेखि निजी सवारी साधन जोर–बिजोर प्रणालीमा चल्न दिइने छ भने यात्रा गर्दा बढीमा ४ जनाले मात्र अनुमति पाउने छन् ।
यस्तै, मोटरसाइकलमा दुई जनाले यात्रा गर्न सक्नेछन् । ट्याक्सीहरुलाई पनि जोर बिजोर अनुसार चल्न दिइने भएको छ ।
आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइने भएको छ ।
सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइनेछ।
खाद्यान्न, दूध, किताब पसलहरु बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ भने रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउने भएका छन् ।
हार्डवेयर पसलहरु दैनिक ११ बजेदेखि बेलुका ६ बजेसम्म खुल्न पाउने भएका छन् ।
शनिबार अत्यावश्यक बाहेकका पसलहरु खुल्न नपाउने भएका छन् ।
सरकारी र सार्वजनिक संस्थानका कार्यालयमा सीमित कर्मचारी राखेर आलो-पालो गरी खुला गर्नुपर्ने निर्णय भएको ।

प्रकाशित मिति: आइतवार, असार ६, २०७८