मुख्य समाचार समाचार

अन्ततः गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भए नेपाली

सुनकोशी न्युज
२०७८ जेठ २९ गते शनिबार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।
गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार उनलाई संविधानको धारा १६८ को ५ बमोजिम प्रदेशसभामा बहुमत दावी गर्ने सदस्यको रुपमा नियुक्त गरेकी हुन् ।
पोखरेलले सुक्रबार ३१ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा आफ्नो दावेदारी पेश गरेका थिए ।
अब नेपालीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

प्रकाशित मिति: शनिबार, जेष्ठ २९, २०७८