मुख्य समाचार समाचार हेडलाईन न्युज

केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई धम्क्याउनेजस्ता अलोकतान्त्रिक कार्यहरु गरे: पाँच पूर्वप्रधानमन्त्री

सुनकोशी न्युज
२०७८ जेठ २९ गते शनिबार

काठमाडौं -पाँच पूर्वप्रधानमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई पार्टीको बैठकबाट मात्र नभएर महान्यायाधिवक्तामार्फत धम्क्याउनेजस्ता अलोकतान्त्रिक कार्यहरु गरेको आरोप लगाएका छन् ।
पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले शनिबार संयुक्त वक्तव्यमार्फत ओलीले प्रतिनिधिसभा भंग गरेर मन्त्रिपरिषद्कोे पटक–पटक विस्तार गर्ने र विस्तार गर्दा नेपालको राजनीतिक इतिहासमा कहिल्यै नभएको सत्तालिप्साको कुरुप स्वरुप प्रदर्शन गरेको निष्कर्ष निकालेका छन् ।
उनीहरुले कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न पनि माग गरेका छन् । “यस्तो अवस्थाप्रति गम्भीर हुँदै खोपको समुचित व्यवस्था गर्न, बन्द र बन्देजको अवस्थामा विपन्न, श्रमजीवी र कमजोर वर्ग एवम् समुदायलाई परिरहेको मर्का र कठिनाइप्रति संवेदनशील भई तिनीहरुको रोग र भोकको समस्याको सम्बोधन गर्न आवश्यक कार्ययोजनासहित अग्रसर हुन नेपाल सरकारसँग माग गर्दछौँ,” वक्तव्यमा भनिएको छ ।

वक्तव्य:

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: शनिबार, जेष्ठ २९, २०७८