अर्थ/विजनेस समाचार हेडलाईन न्युज

योजना आयाेगका पूर्व सदस्य डा. फुयालले ३ वर्षे सेवाअवधिमा नीतिगत काम के के गरे ?

सुनकाेशी न्युज
२०७८ जेठ २८ गते शुक्रबार
काठमाडौं । ओली एमाले गुटकाे सपथ खान इन्कार गरेपछि राष्ट्रिय योजना आयाेगका सदस्य डा. रामकुमार फुयाल पदमुक्त बनाइए ।

माइक्रो ईकाेनाेमिक्समा द. काेरियाबाट डक्टरेट र विकास तथा योजनामा पाेष्ट डक्टरेट गरेका फुयाल जस्तो प्रतिभालाई दलको पनि गुटकाे सदस्यता लिन इन्कार गरेको भन्दै पदच्युत गर्नु राष्ट्रिय लज्जाकाे विषय बनेको छ।

डा. फुयालले २०७५ वैशाखमा राष्ट्रिय योजना आयाेगकाे सदस्य नियुक्त भएपछि पदमुक्त नहाेउन्जेलसम्म आफ्नो विशेष पहलमा भएका नीतिगत कामका प्रगति विवरण यसरी सार्वजनिक गरेका छन् :

राष्ट्रिय योजना आयोगमा रहदा दीर्घकालिन सोचमा आधारित १५ औ आबधिक योजनाको निर्माण, बजेट तर्जुमा तथा मध्यमकालिन खर्च सम्रचनाको तयारी लगायत आयोगबाट नियमित रुपमा सम्पादन गर्नुपर्ने बिभिन्न महत्वपूर्ण कामहरुमा संलग्न रहनुको साथ्-साथै आयोगको बिषय क्षेत्रहेर्ने सदस्यको हैसिएमा मैलेहेर्ने क्षेत्रहरुसँग सम्बन्धित आयोगको मातहतका निकायहरुबाट सम्पादन गरिएका, हामीबाट पूर्णता पाएका, निरन्तरता दिइएका र उठान गरिएका केही अतिरिक्त महत्वपूर्ण नितिगत कार्यहरुको एक संक्षिप्त सूची यहाँहरु सबैको जानकारीको लागि पर्स्तुत गरेको छु।
(क) तथ्य तथ्याङ्कसँग सम्बन्धितः
१. राष्ट्रिय तथ्यगत विवरण(National Data Profile) सम्बन्धी Portal-२०७६ तयारी तथा त्यसको सार्वजनिकीकरण समेत गरी लागू गरिएको।
२. राष्ट्रिय लेखा Rebasing-२०२० कार्य सम्पन्न गरी प्रतिवेदन सार्वजनिक गरिएको [पुरानो २०००/०१ को आधार वर्ष परिवर्तन गरी UN-SNA 2008 अनुसार राष्ट्रिय लेखाको नयाँ मापन गरिएको] ३. नेपाल बहुसूचक सर्वेक्षण-२०७६(Multiple Indicator Cluster Survey-2019) सम्पन्न गरी प्रतिवेदन सार्वजनिक गरिएको।
४. राष्ट्रिय आर्थिक गणना,२०७५ [नेपालको पहिलो आर्थिक गणना]-आ.व. २०७७/०७८ को फाल्गुण सम्ममा सबै कार्य सम्पादन गरी प्रतिवेदनहरु सार्वजनिक गरिएको।
५. प्रदेश स्तरीय ११९ वटा दीगो विकास लक्ष्यका सूचकहरु निर्धारण गरी ती सूचकहरु आवधिक योजनामा आन्तरिकीकरण गरिएको।
६. नेपाल श्रमशक्ति सर्वेक्षण, २०१८ [तेस्रो संस्करण सर्भेक्षण]-आ.व. २०७६/७७ मा प्रतिवेदन सार्वजनिक गरिएको।
७. नेपाल जीवनस्तर सर्वेक्षण-२०१८[चौथो संस्करणको काम शुरु भएको तर कोभिड-१९ को प्रभावका कारण २०७६ चैत्रबाट काम pending भएको।] ८. नेपालको व्यवसायिक चियाखेति सर्वेक्षण-२०१८ [१४ जिल्लाको सर्वेक्षण]- आ.व. २०७५/७६ मा प्रतिवेदन सार्वजनिक गरिएको।
९. नेपाल बसाइसराइ सर्वेक्षण-२०७४/७५ [सातवटै प्रदेशका २६ जिल्लाहरुको सर्वेक्षण]-ग्रामीणबाट सहरी र शहरबाट ग्रामिण क्षेत्रमा हुने वसाइसराइको अध्ययन भएको र सोको प्रतिवेदन आ.व. २०७६/७७ मा सार्वजनिक गरिएको।
१०. स्थानीय ४ वटा वालीको उत्पादन लागत सर्वेक्षण-२०७५ [२६ वटा जिल्लाहरुमा उत्पादन गरिने स्याउ, आप, केरा र सुन्तला उत्पादन गर्दा लाग्ने उत्पादन लागत अनुमान] गरिएको।
११. व्यवसायिक कफि खेती सर्वेक्षण-२०७५ सम्पन्न भइ प्रतिवेदन सार्वजनिक गरिएको।
१२. नेपाल प्रामाणिक भु-संकेत-२०७५ (Nepal standard geocoding) लागू गरिएको।
१३. दुध तथा मासुको उत्पादन लागत सर्वेक्षण-२०७६ कार्य सम्पन्न गरिएको।
१४. औद्योगिक सर्वेक्षण-२०७८ को कार्य भइसकेको।
१५. राष्ट्रिय कृषि गणना २०७८/७९ को वृहत तयारी भइरहेको।
१६. समष्टिगत सुख सर्वेक्षण-२०७७ को सूचकहरु तयारी गरिएको तर कोभिड-१९ को प्रभावले गर्दा स्थलगत सर्वेक्षणको काम स्थगित भएको।
१७. राष्ट्रिय जनगणना-२०७८ [१२औं राष्ट्रिय जनगणना]- जेष्ठ २५ देखि आषाढ ८ सम्ममा गरिनुपर्ने तर कोभिड-१९ को प्रभावले गर्दा स्थलगत सर्वेक्षणको काम स्थगित भएको। आ.व. २०७८/७९ मा निरन्तरता दिनुपर्ने आवस्यकता रहेको।
१८. राष्ट्रिय विकास समस्या समाधान समितिको ४८ औं वैठकको निर्णय बमोजिम राष्ट्रिय तथ्यगत विवरण (National Data Profile) लाई व्यवस्थित बनाउने सन्दर्भमा गठित समितिले कार्य सुरु गरेको।

(ख) योजना तर्जुमा तथा नीति निर्माणसँग सम्बन्धितः
१९. राष्ट्रिय तथ्याङ्क विकास रणनीति-२०७६ (National Statistics for Development Strategy-NSDS) तयारी गरी मन्त्रिपरिषदबाट स्वीकृत भइ कार्यान्वयनमा ल्याइएको।
२०. राष्ट्रिय तथ्याङ्क ऐन, २०७६ [रा.त.ऐन-२०१५ को संशोधन) तयारी गरी राष्ट्रिय सभामा आवस्यक परामर्श र स्वीकृतिको लागि पेश भएको।] २१. राष्ट्रिय विकास समस्या समाधान समितिको ४५औं वैठकको निर्णय बमोजिम एकीकृत राष्ट्रिय सामाजिक सुरक्षाको संरचना तयार गरी अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइएको।
२२. नेपालको संविधान बमोजिम समाजवाद उन्मुख अर्थतन्त्रको मोडेल कस्तो हुने भन्ने विषयमा आर्थिक सुधार एजेण्डाको प्रारम्भिक मस्यौदा तयार पारी आयोगमा सुझाव संकलनको लागि प्रस्तुत गरिएको।
२३. राष्ट्रिय रोजगार नीति, राष्ट्रिय पर्यटन नीति र राष्ट्रिय वाणिज्य नीतिहरुको पुनरावलोकन सम्बन्धी अध्ययनकार्य सम्पन्न गरिएको।
२४. संघ, प्रदेश र स्थानीय तहको बजेट तर्जुमा र विकास सम्बन्धी नीति तथा योजना तर्जुमामा सकृयतापूर्वक कार्यहरु सम्पादन गरिएको।
२५. नवप्रवर्तन शुरुवाती पूजी अनुदान कार्यविधि-२०७६ अनुसार आविस्कारकर्ता व्यक्ति/उद्यमीहरुबाट प्रस्ताव आह्वान तथा छनौटको मापदण्ड तयार गरी प्रस्तावनाहरु समेत संकलन गरिएको तर आ.व. २०७७/७८ र आ.व. २०७८/७९ को वार्षिक वजेटमा अनुदानलाई सहुलियतपूर्ण कर्जाको ढाँचामा लैजाने भन्ने भए बमोजिम सोही अनुरुप काम भइरहेको।
२६. बजेट तर्जुमा तथा मध्यमकालिन खर्च सम्ररचनाको निर्माण लगायत आयोगबाट नियमित सम्पादन गर्नुपर्ने कामहरुको अलवा विभिन्न समयमा विषयगत मन्त्रालयहरुबाट उपयुक्त सुजावको लागि भनी पठाइएका ऐन, नीति, विनियम, नियमावली, निर्देशिका तथा कार्यविधिको मस्यौदाहरुको अध्ययन र परामर्श गरी नेपालको संबिधानको मर्म र १५ औ आबधिक योजनाको स्पिरिट अनुसार संस्थागत राय सुजावहरु सम्प्रेषण गरिएको।

(ग) तहगत समन्वय,अनुगमन एवं मूल्याङ्कनसँग सम्बन्धितः
२७. नेपाल सरकार उद्योग मन्त्रालय अन्तर्गत संचालित विशेष आर्थिक क्षेत्र भैरहवाको आ.व.२०७६/७७ मा आन्तरिक मूल्याङ्कन गरी त्यस क्षेत्रको सुधारको लागि आवस्यक सुझाव सहितको अध्ययन प्रतिवेदन आयोगमा बुझाइएको।
२८. आ.व. २०७७/७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रम, उदयपुर सिमेण्ट उद्योग तथा सुख्खा वन्दरगाहहरुको आन्तरिक मूल्याङ्कनको काम भइरहेको।
२९. राष्ट्रिय योजना आयोग र प्रदेश स्तरका सातवटै आयोगहरुवीचको प्रभावकारी समन्वय र सहकार्य गर्ने आधारहरु सहितको एक प्रतिवेदन तयार गरी आयोगमा प्रस्तुत गरिएको।
३०. विकास सम्बन्धी नीति तथा योजना तर्जुमा र कार्यान्वयनमा समन्वय, सहयोग र सहजीकरण गर्न नेपाल सरकार राष्ट्रिय योजना आयोगबाट वागमति प्रदेशको संयोजकको भूमिकामा रही कार्य सम्पादन गरिएको।
३१. नेपाल सरकारबाट संचालित राष्ट्रियगौरबका, रुपान्तरणकारी तथा प्रमुख प्राथमिक्ता प्राप्त आयोजना/कार्यक्रमहरु र सङघिय सरकारको सहकार्यमा वाग्मति प्रदेश तह र स्थानिय स्तरमा सन्चालित केही महत्व्पूर्ण समपुरक एवं विशेष अनुदान मार्फत संचालित आयोजनाहरुको कार्यान्वयनको अवस्थाबारे स्थलगत निरीक्षण एवं अनुगमन गरिएको।

(घ) अध्ययन, अनुसन्धान र अन्वेषण सम्बन्धीः
३२. नोभल कोरोना रोग रोकथiम तथा नियन्त्रण उच्च स्तरीय सम्न्वय समितीको मिति २०७७ बैशाख ०३ गतेको निर्णय अनुसार कोभिड-१९ विश्वव्यापी महामारीका कारण वैदेशिक रोजगारीमा परेको प्रत्यक्ष असरले नेपालको अर्थतन्त्रमा पारेको प्रभावबारे राष्ट्रिय योजना आयोगको अगुवाइमा सरोकारवाला मन्त्रालयहरुको समेत संलग्नतामा अनुसन्धानमूलक एक शुक्ष्म अध्ययन कार्य सम्पन्न गरी सरकारलाई बिभिन्न समयमा आबस्यक सुधारका लागि राय सुझाब सहित सम्प्रेषण गरी अन्तिम प्रतिबेदन सार्वजनिक गरिएको।
३३. जनवादी गणतन्त्र चीन र संयुक्त राज्य अमेरिकाका वीच वि.स. २०७५/७६ मा व्यापारिक सम्बन्धमा देखा परेको असहज परिस्थितिको कारण नेपालको अर्थतन्त्रको वाह्य क्षेत्रमा पर्न सक्ने प्रभावको शुक्ष्म अध्ययन गर्न प्राप्त भएको जिम्मेवारी अनुरुप सो अध्ययन कार्य सम्पन्न गरी आयोगमा प्रतिवेदनको मस्यौदा प्रस्तुत गरिएको।
३४. National Planning Commission र University of Oxford, UK को सहकार्यमा नेपालको वहुआयामिक गरिवीको सूचकांक, २०२० (Multidimensional Poverty Index) तयार गरिएको र प्रतिबेदनलाई अन्तिम रुप दिइ सार्वजनिकीकरण गर्ने क्रममा रहेको।
३५. कोभिड-१९ को कारण श्रम तथा रोजगारी, उद्योग, वाणिज्य तथा आपूर्ति, पर्यटन, संस्कृति र नागरिक उड्ययन मन्त्रालयहरु र सामाजिक सुरक्षाका क्षेत्रहरुमा परेको प्रभावबारेको अध्ययन गरी क्षेत्रगत प्रतिवेदनहरु तयार गरिएको।
३६. नेपाल सरकारबाट आयोजना गरिएका विभिन्न लगानी सम्मेलनहरुमा मित्रराष्ट्रहरुबाट विगतमा व्यक्त लगानीका प्रतिवद्धताहरुलाई follow up गर्ने र वैदेशिक लगानी आकर्षित गर्न सरकारलाई आवस्यक सुझाव दिने प्रयोजनबाट राष्ट्रिय विकास समस्या समाधान समितिको ४७औ वैठकको निर्णय बमोजिम गरिएको अध्ययन प्रतिवेदनको प्रारम्भिक मसौदा तयारी अन्तिम चरण्iमा पुर्याइएको।
३७. राष्ट्रिय विकास समस्या समाधान समितिको ४७ औं वैठकको निर्देशन अनुसार औद्योगिक संरक्षण सम्बन्धी अध्ययनको लागि TOR तयार गरिएको र निकट भविष्यमा अध्ययन कार्य सुरु हुँदै गरेको।
३८. हाल सन्चालनमा रहेका तथा सन्चालन हुन नसकेका औधोगिक छेत्रको सम्पत्ति तथा दायित्वको बिष्लेशण, ब्यबस्थापकिय अवस्था लेखाजोखा,पूर्भाधार तथा क्षमताको उपयोगको अवस्था,साथै ब्याबसायीक तथा रणनितीक भविस्यको योजना सम्बन्धी ब्रिहत अध्ययनको कार्य सम्पादन हुँदै गरेको।

(ङ) महत्वपूर्ण संवोधन एवं प्रस्तुतिकरण सँग सम्बन्धित:
३९. दीगो विकाससँग सम्बन्धित विषय र अन्य समन्वय तथा अनुगमन लगायतका विषयमा छलफलको लागि country representative को भूमिकामा- sixth session of the committee on “ Statistics Navigate Policy with Data to leave no one behind-2018” विषयक अन्तरराष्ट्रिय अन्तर्क्रिया गोष्ठीलाई संवोधन गरिएको [मिति २०१८-१०-१९ र २०, Bangkok, Thailand]।
४०. विश्वका विभिन्न राष्ट्रका सरकारी प्रतिनिधि, नीति र योजना निर्माण सँग सम्वन्धित संस्था, विषयगत अनुसन्धानकर्ता र अन्तरराष्ट्रिय समुदायको संलग्नतामा Switzerland को Geneva मा ४ दिने “Universal Social Protection and Universal Child Grant” विषयक अन्तर्राष्ट्रिय गोष्ठीमा नेपालको तर्फबाट Country leader तथा Thematic session को Key note speaker को रुपमा सहभागी भईएको (मिति २०७५-१०-२२ देखि २५ सम्म)।
४१. Nepal Investment Summit-2019 को “Tourism: Developing Destinations for Recreation and Pilgrimage” विषयक गोष्ठीमा session chair (मन्त्रिस्तरीय भूमिकामा) भइ remarks प्रस्तुत गरिएको ।
४२. राष्ट्रिय योजना आयोगको अगुवाइमा नेपाल सरकार र बिकास सiझेदारहरुको सन्युक्त तत्वाबानमा आयोजित “जोखिम वहन गर्न सक्ने सामाजिक सुरक्षा र समाबेशी भविष्य” नामक एक अन्तरराष्ट्रिय गोष्ठी-२०१९ मा सम्योजक/अध्यक्षको भूमिकामा रही कार्य सम्पन्न गरिएको।
४३. “Future of Labor Migration in Asia: Challenges and opportunity” विषयक १०औं ADBI-OECD-ILO गोलमेच छलफलमा नेपालको तर्फबाट High Level Panel सदस्यको रुपमा प्रतिनिधित्व गरी प्रस्तुती गरिएको [मिति २०२०-०२-०६र०७ Bangkok, Thailand] ।
४४. UN-ESCAP बाट आयोजित “Seventh Asia-Pacific Forum on Sustainable Development” विषयक conference मा Nepal Government को तर्फबाट Team Leader को भूमिकामा प्रस्तुती गरिएको [मिति २०२०-०५-२०, Bangkok, Thailand] ।
४५. Fourth BIMSTEC summit को पूर्व तयारी समितिमा नेपाल सरकारको प्रतिनिधिको रुपमा panelist साथै summit मा सरकारको Agenda-Mountain Economy Model को लेखन कार्यमा मूख्य भूमिका निर्वाह गरेको [30-31, August, 2018, Kathmandu] ।
(च) विविधः
४६. नेपाल सरकारको विभिन्न निकायहरुका समितिहरुमा; मन्त्रालयगत विकास समस्या समाधान समितिहरु, औद्योगिक लगानी प्रवर्धन वोर्ड, वैदेशिक रोजगार प्रवर्धन वोर्ड, युवा स्वरोजगार तथा साना व्यवसायी कोष, धितो पत्र वोर्ड, राष्ट्रिय तथ्याङ्क परिषद, विभिन्न गणना तथा सर्वेक्षणहशरुको निर्देशक तथा समन्वय समितिहरु, दीगो विकास लक्ष्य प्राप्तीको कार्यान्वयनका समितिहरु, पशुपति क्षेत्र विकास कोष, लुम्विनी विकास कोष, राष्ट्रिय रोजगार नीति अनुगमन तथा मूल्याङ्कन समिति, राष्ट्रिय अनुगमन तथा मूल्याङ्कन समिति, अन्तरसरकारी वित्तीय आयोग, राष्ट्रिय विकास समस्या समाधान समिति, राष्ट्रिय विकास परिषद आदीमा नेतृत्वदायी भूमिका निर्वाह गरेको।
४७. नेपाल भित्र तथा बiहिरका विभिन्न विकास साझेदार संस्थाहरु, बिश्वबिद्यालय तथा Academia बाट नेपाल सरकारका निकायहरुसँगको साझेदारी तथा संलग्नतामा वा स्वतन्त्र रुपमा आयोजना गरिएका दर्जनौं गोष्ठीहरुमा विभिन्न भूमिकामा(मूख्य अतिथि, बिशिस्ट अतिथि, बिशेष अतिथि, अतिथि, मुख्य प्रोस्तोता साथै बिबिधमा ) सहभागी भइ आफ्नो मन्तव्य मार्फत सुझाव, सल्लाह र टिप्पणीहरु सम्प्रेषण गरेको।
४८. नेपाल सरकारका विभिन्न निकायहरुमा रिक्त रहेका विशिष्ट श्रेणीको पदहरुमा नयाँ नियुक्त हुने पदाधिकारीहरुको छनौट समितिमा संयोजक तथा विज्ञको हैसियतबाट कार्य सप्पादन गरी विषयगत मन्त्रालयहरु मार्फत उपयुक्त उम्मेदवारहरु मन्त्रिपरिषदमा सिफारिस गरी पठाइएको।

डा. राम कुमार फुयाल
निबर्तमान सदस्य
नेपाल सरकार, राष्ट्रिय योजना आयोग
सिंहदरबार, काठमाण्डौं।
मिति २०७८-०२-११

प्रकाशित मिति: शुक्रबार, जेष्ठ २८, २०७८