समाचार स्थानीय हेडलाईन न्युज

बुढानिलकण्ठका मेयरले जनता लखेटेर आफन्त र कार्यकर्तालाई खाेप लगाए

सुनकाेशी न्युज
२०७८ जेठ २९ गते शनिबार
बुढानिलकण्ठ, काठमाडौं । बुढानिलकण्ठ नगरपालिकामा ओली पक्षका मेयर छन्, उद्धव खरेल । बाेल्न चाहिँ ठिकै बाेल्छन् तर काम जहिल्यै उत्पट्याङ र विवादास्पद गर्छन् र चर्चामा आइरहन्छन् । ठ्याक्कै ओली जस्तै ।

हिजो जेठ २८ गते त्यस्तै भयो । सरकारले ६० देखि ६४ वर्ष उमेरकालाई चिनियाँ भेराे सेल खाेप पहिलो चरणमा लगाउने निर्णय गरेपछि सबैतिर त्यसै गरियो । तर बुढानिलकण्ठ नगरपालिकामा त्यो मापदण्ड धाेति लगाइयो । यहाँ २८ वर्षदेखिकालाई खाेप लगाईयाे। त्यो पनि ओलीका सक्कली कार्यकर्ता मेयर उद्धव खरेल आफै बसेर, आफ्नै कार्यकक्षअगाडि आफ्ना नातेदार र कार्यकर्तालाई फाेन गरेर बाेलाई बाेलाई अरु जनता र पार्टीलाई सुईकाे नदिइ लगभग ७/७ सय मानिसलाई खाेप लगाई भ्याए ।

अरु दल र सर्वसाधारण जनताले थाहा पाउँदा नगरपालिकामा खाेप लगाएर भ्याईसकेका थिए । नगरपालिका क्षेत्रमा संचालित ३ वटा खाेप केन्द्रमा ३ बजे नै खाेप बन्द गरेर हिडिरहेका थिए । त्यहाँ दुई तिहाइ भन्दा बढी बचेको खाेप पनि फिर्ता लगिएको थियोे । त्यो लगायत खाेप नगरपालिकाका मेयरले दुरुपयोग गरे।

सर्वसाधारणको ठूलो भिड जम्मा भयो नगरपालिका परिसरमा, हाेहल्ला भयो । ओेेली पार्टीका मेयर खरेलले नगर प्रहरी लगाएर धपाउन खाेजे। भिड झन् उत्तेजित भयो र खाेपकाे बारेमा जानकारी माग्न थाल्यो ।

मेयर खरेलसँग त्यसको जवाफ हुने कुरै भएन। उनी स्वास्थ्य शाखाले कमजोरी गरेको भनेर पन्छिन खाेजे जबकि उनी आफै बसेर आफन्त र कार्यकर्तालाई भटाभट खाेप लगाउन निर्देशन दिइरहेकाे स्वास्थ्यकर्मीहरु बताइरहेका छन् । स्वास्थ्य प्रमुख कुमार दाहाल समेत मेयर खरेलकाे दबाबमा यसरी उनका कार्यकर्ता र आफन्तलाई खाेप लगाएको बताइरहेका छन् ।

भिडले मेयरलाई प्रश्न साेधेर हैरान पारेपछि मेयरकासामु ओलीशैलीमा प्रस्तुत हुनुको बिकल्प रहेन र उनलेे दमनकारी नीति फिए। जवाफ सकिएपछि मान्छेले बल प्रयोग गर्छ। उनलेे लगभग २ अढाई सय दंगा नियन्त्रक सशस्त्र प्रहरी बाेलाए र खाेप दुरुपयोग गरेको जवाफ माग्ने दमन गर्न लगाए । झडप भयो तर मेयरकाे कडा निर्देशनमा सशस्त्र प्रहरीले जनतालाई लखेट्याे ।

यसरी जनताले घण्टाैं लाईनमा बसेर भाेट हालेर जिताएका एमाले ओेलीका मेयर उद्धव खरेलले काेराेना महामारीको खाेप लगाउन घण्टाैं लाइनमा बसेका ६०/६४ वर्षका बुढाबुढीलाई खाेप नलगाई आफ्ना २८/३२ वर्षे युवा संघका कार्यकर्तालाई लगाए । जनताको भाेट र मायाको ओली एमालेले यति धेरै अपमान गरेको यो पहिलो घटना भने हाेईन।

जनतालाई मात्रै हाेइन, अन्य दलका नेताहरूलाई समेत सरसल्लाह नगरी पुलिस लगाएर लखेटेका थिए ।

यसरी सत्तमा रहेर जनमत र जनभावनाकाे हत्या गरिरहेको ओली एमाले र उसका सन्तानले नेपालमा जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई स्वाहा बनाउने षड्यन्त्र गरिरहेको नेपाली जनताले बुझेका छन् ।

प्रकाशित मिति: शनिबार, जेष्ठ २९, २०७८