शिक्षा/स्वास्थ्य समाचार स्थानीय हेडलाईन न्युज

काेराेना सहयोग समिति बुढानिलकण्ठकाे राहत काेषमा सहयोग रकम आउन सुरु, आइतबार जम्मा भयो रु.३० हजार

सुनकाेशी न्युज
२०७८ जेठ २३ गते आइतबार
बुढानिलकण्ठ । अजिज फाउन्डेसनले आज नेकपा माओवादी केन्द्र बुढानिलकण्ठ काेराेना सहयोग समितिलाई 2000 थान माक्स, 101 वटा साबुन र 1.5 लिं सेनिटाइजर उपलब्ध गराएको छ।

संस्थाकी अध्यक्ष शेरगी शेर्पाले उक्त सामाग्री काेराेना नियन्त्रण सहयोग समितिअन्तर्गत आर्थिक तथा राहत व्यवस्थापन उपसमितिका संयाेजक उद्धब चाैलागाइलाइ उक्त सामाग्री हस्तान्तरण गरेकी हन्।

समितिले उक्त सामाग्री भ्याक्सिन लगाउने बेलामा र पिसिआर कलेक्शन गर्ने बेलामा खटिने स्वयंसेवकका लागि प्रयोग गरिने समितिका संयाेजक ठाकुर खकुरेलले जानकारी दिए।

त्यसैगरी विभित्र सहयोगी शीर्षकमा खर्चका लागि गठित राहतकाेषमा जम्मा गर्न चाैलागाइ नेतृत्वको आर्थिक तथा राहत उपसमितिलाई नगरपालिका तथा संघसंस्था समन्वय उपसमितिले १५ हजार, नाैं नम्बर वडा पार्टी अध्यक्ष घमराज सुवेदीले ५ हजार र उद्धव चाैलागाइ र गजेन्द्र खड्काले ५-५ हजार गरि जम्मा ३० हजार रुपैयाँ प्रदान गरेका छन् । जिल्ला, नगर र वडाका सदस्यहरूले पनि सबैले ताेकिए अनुसार रकम काेषमा जम्मा गर्नुपर्ने उनलेे जानकारी दिए।

काेराेना सहयोग समिति बुढानिलकण्ठले यसअघि नै १७ वटा अक्सिजन ग्यासका सिलिन्डर किनेर नगरभरि हाेलटाइमरका रुपमा प्रयोग गरिएको छ। नगरपालिकाको जिम्मामा राखिएका ती सिलिन्डर अस्पताल र हाेम आइसाेलेशनमा रहेका संक्रमितलाई आवश्यकता अनुसार प्रयोग गर्न दिने गरिएको छ।

अक्सिजन प्रयोग गर्न नपर्ने भएपछि त्यसलाई अर्कोलाई पठाईन्छ। ग्यास भरेर संक्रमितको घरमै पुराउने व्यवस्था मिलाइएको नगर पार्टी सदस्य राम देवकोटाले बताए । देवकोटाको टिमले यसअघि नै ४५ घरलाई ४५ बाेरा चामल लगायत खाद्यान्न बितरण गरेको छ।

नगर पार्टीले बनाएका विभिन्न ६ वटा उपसमितिले बैठक बसेर आफ्नो जिम्मेवारीमा परेका काम तलारुकताका साथ सम्पन्न गर्ने गरेका छन् । अस्पतालमा बेड, भ्याण्टिलेटर मिलाउने, एम्बुलेन्स मिलाउने, लास व्यवस्थापन गर्ने, राहत दिने जस्ता जनकार्यमा समितिले जनताको मन जित्ने गरि काम गरेको ईन्चार्ज तथा माओवादी केन्द्र बागमती प्रदेश सदस्य बिदुर खड्काले बताए ।

 

प्रकाशित मिति: आइतवार, जेष्ठ २३, २०७८