मुख्य समाचार समाचार हेडलाईन न्युज

नेपालमा पछिल्लो २४ घण्टामा ३४७९ जना कोरोना संक्रमित : ९९ मृत्यु

सुनकोशी न्युज
२०७८ जेठ २३ गते आईतबार

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ३ हजार ४ सय ७९ संक्रमित थपिएका छन् ।
१३ हजार ७ सय ३३ वटा नमुनाको परीक्षण गरिएकोमा ३ हजार ४७९ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कोभिड–१९ संक्रमितको संख्या ६ लाख १ हजार ६ सय ८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९९ संक्रमितको मृत्यु भएको छ  । योसँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ७ हजार ८ सय ९८ पुगेको छ ।

यस्तै, नेपालमा आजसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ९१ हजार ९ पुगेको छ ।

प्रकाशित मिति: आइतवार, जेष्ठ २३, २०७८