मुख्य समाचार समाचार हेडलाईन न्युज

जनमोर्चाका सांसद कृष्ण थापालाई पदबाट नहटाउन सर्वोच्च अदालतको अन्तरिम आदेश

सुनकोशी न्युज
२०७८ जेष्ठ २३ गते आईतबार

काठमाडौं – राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पदबाट नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
थापालाई सांसदबाट बर्खास्त गर्ने पार्टीको निर्णय खारेजीको माग गर्दै सांसद थापाले सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश दिएको हो ।
थापालाई प्रदेशसभा सचिवालयले गरेका पदमुक्ति लगायतका सबै कारवाही मुद्दाको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेशमार्फत न्यायाधीश कुमार चुँडालको एकल इजलासले बदर गरेको हो ।

प्रकाशित मिति: आइतवार, जेष्ठ २३, २०७८