शिक्षा/स्वास्थ्य समाचार स्थानीय हेडलाईन न्युज

बुढानिलकण्ठमा माओवादीका ७ वटा विषयगत काेराेना सहयोग समिति सक्रिय

सुनकाेशी न्युज
२०७८ जेठ २१ गते शुक्रबार
काठमाडौं । माओवादी केन्द्र बुढानिलकण्ठ नगर काेराेना नियन्त्रण सहयोग समितिले विभिन्न ७ वटा विषयगत उपसमिति बनाएर महामारी नियन्त्रणमा सहयोग र सहजिकरण गरिरहेकाे जनाएको छ।

यसअघि बुढानिलकण्ठमा माओवादीले प्रदेश सदस्य बिदुर खड्का ईन्चार्ज र ठाकुर खकुरेल संयाेजक रहेको ५५ सदस्यीय काेराेना नियन्त्रण सहयोग समिति बनाएर काम गरेको थियो । त्यही कमिटिकाे माताहतमा अन्य विविध ७ वटा फरक विषयगत समिति बनाएर सक्रिय बनाएको हाे।

जेठ १३ गते बसेकाे काेराेना नियन्त्रण सहयोग समितिको बैठकले ७ वटा विषयगत समितिहरू बनाएर काराेना महामारीसँग प्रतिरोध गर्न सहजिकरण गर्ने जनाएको हाे।

पछिल्लो समय काेराेनाकाे दाेस्राे भेरियन्ट धेरै संक्रामक र खतरनाक रहेको हुदा मृत्युुदर र संक्रमणदर धेरै बढेको छ। यस्तोमा अस्पतालमा उपचार नपाउने, अक्सिजन नपाउने, अस्पतालसम्म जान समस्या हुने, भाेकमारी पर्ने लगायत विविध समस्याले मानिसलाई अत्याएकाे हुने भएकोले त्यस्तोमा यी समितिले काम गर्नेछन् ।

भ्याक्सिन र पिसिअार परिक्षणमा सहजिकरण गर्ने र पालिकाहरुले गर्ने काममा सहजिकरण र अनुगमन गर्ने यो समिति तथा विषयगत समितिहरुकाे ध्यय रहेको समितिका ईन्चार्ज बिदुर खड्काले जानकारी दिनुभयो ।

विषयगत समितिले ताेकिएकाे विषय र क्षेत्रमा काम गर्नेछन्। अन्य निकाय, समिति र व्यक्तिसँगकाे सहकार्यमम काम गर्ने संयाेवक ठाकुर खकुरेलले बताउनुभयो ।

विषयगत समिति यसप्रकार रहेका छन् :
१. अक्सिजन तथा ब्लड/ प्लाज्मा व्यवस्थापन सहयोग समिति । संयाेजक : अमर बिक।
२. नगर पालिका तथा संघ/संस्था समन्वय समिति । संयाेजक : रविन अधिकारी ।
३. अस्पताल तथा एम्बुलेन्स समन्वय समिति । संयाेजक : डम्बर अधिकारी ।
४. स्वयंसेवक /युवा परिचालन तथा तथ्यांक समिति । संयाेजक : राजकुमार कार्की ।
५. आर्थिक तथा राहत व्यवस्थापन समिति । संयाेजक : उद्धव चाैलागाई।
६. जनचेतना तथा प्रचारप्रसार समिति । संयाेजक : राजेन्द्र श्रेष्ठ ।
७. महिला संजाल परिचालन समिति । संयाेजक : कुसुम बिक।
साथै, माओवादीले नगरका १३ वटै वडामा पनि वडा पार्टी अध्यक्षकाे संयाेजकत्वमा सहयोग समिति निर्माण गरेको जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ २१, २०७८