समाचार

शालिकराम आत्महत्या प्रकरण : रबि, युवराज र अस्मितालाई चितवन लगियो

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा नाम जोडिएपछि पक्राउ परेका सिधा कुरा जनतासँगका संचालक रबि लामिछाने, उनका सहयोगी युवराज कडेंल र पुडासैनीसँग नाम जोडिएकी ओखलढुंगाकी अस्मिता कार्कीलाई चितवन लगिएको छ ।

प्रहरीले तीनै जनालाई प्रहरीको भ्यानमा राखेर चितवनतर्फ लिएर अएको प्रहरीले जनाएको छ ।

पत्रकार पुडासैनीले चितवनको एक होटलमा सुसाइट अघि भिडियो रेकर्ड गरेका थिए । सो भिडियोमा रबिसहितका ३ जनाका कारण आत्महत्या गर्न वाध्य भएको उनले बताएका थिए । काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहका अनुसार न्युज २४ को कार्यालयबाट पक्राउ परेका रबि र युवराजसहित सुस्मितालाई पनि सँगै राखेर चितवन प्रहरीको जिम्मा लगाइएको हो ।

चितवन प्रहरीले दिउसो कार्की र साँझ रबि लामिछाने र युवराज कडेंललाई पक्राउ गरेको हो । आत्महत्या अघि पत्रकार पुडासैनीले सुस्मिता कार्की, रवि लामिछाने र युवराज कडेंलका कारण आफुले आत्महत्याको बाटो रोजेको भिडियो सार्वजनिक भएको छ । उनलाई मुलुकी फौजदारी संहिता दफा १८५ अनुसार अपराध गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरेको जनाइएको छ ।

प्रकाशित मिति: बिहिबार, साउन ३०, २०७६