मुख्य समाचार समाचार हेडलाईन न्युज

झापा संघर्षका मुख्य तीन नेता गणतन्त्र विरुद्धमा हुनुहुन्थ्यो: वामदेव गौतम

सुनकोशी न्युज
२०७८ जेष्ठ १५ गते शनिवार

काठमाडौं -नेकपा एमालेका नेता वामदेव गौतमले गणतन्त्र स्थापनामा मुख्य भूमिका तीन नेताको रहेको बताएका छन् ।
गणतन्त्र दिवसका अवसरमा शनिबार शुभकामना सन्देश दिँदै गौतमले लेखेका छन् ‘वि.सं. २०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई पुर्‍याउने युगान्तकारी संघर्षका महानायकहरू भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा (एमाले) का महासचिव माधवकुमार नेपाल र नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) हुनुहुन्थ्यो,’।
‘विडम्बना भन्नुपर्छ, नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य तीन नेता विरुद्धमा हुनुहुन्थ्यो,’ उनले विज्ञप्तिमा उल्लेख गरेकाछन्।
उनले राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनामा हजारौं नेता–कार्यकर्ता तथा जनताको सहादत, त्याग र समर्पण रहेको भन्दै सहिदको सपना साकार पार्नका लागि दृढतापूर्वक अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति: शनिबार, जेष्ठ १५, २०७८