मुख्य समाचार शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

नेपालमा पछिल्लो २४ घण्टामा ६९५१ जना कोरोना संक्रमित : ९६ मृत्यु

सुनकोशी न्युज
२०७८ जेठ १४ गते शुक्रबार

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का ६ हजार ९ सय ५१ संक्रमित थपिएका छन् ।
२० हजार १ सय १० वटा नमुनाको परीक्षण गरिएकोमा ६ हजार ९५१ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कोभिड–१९ संक्रमितको संख्या ५ लाख ४९ हजार १ सय ११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९६ संक्रमितको मृत्यु भएको छ  । योसँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ ।

यस्तै, नेपालमा आजसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख २८ हजार ६ सय ७० पुगेको छ ।

अहिले मुलुकभर सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३ सय ९४ रहेको छ । हाल क्वारेन्टिनमा ८ सय ९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ १४, २०७८